पत्रकार महासंघको साधारणसभा कालीकोटमा हुँदै
सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको तेस्रो साधारणसभा कालीकोटमा हुने भएको छ । आगामी चैत्र १८ र १९ गते कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा हुने भएको हो ।
साधारणसभामा कर्णाली प्रदेशका १० वटै जिल्लाका करिब दुई जना सय पत्रकारहरु सहभागी हुनेछन् ।
साधारणसभामा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए ।
अहिलेसम्म भएका गतिबिधी बिषयमा र भावी रणनीतिका बिषयमा छलफल हुने र कालीकोटका पर्यटकीयस्थलको बिषयमा प्रचार–प्रसार गरिने महासंघका महासचिव खगेन्द्रप्रसाद भट्टराईले बताए ।
महासंघका अध्यक्ष देवीराम देवकोटाको अध्यक्षतामा १० वटै जिल्लाका शाखा अध्यक्षहरु र प्रदेश समितिका सदस्य रहेको साधारणसभा सम्पन्न गर्नका लागि मूल आयोजक समिति गठन गरिएको महासंघका कालीकोट जिल्ला अध्यक्ष भरतराज विष्टले जानकारी दिए ।
कर्णालीपाटी । १६ फाल्गुन २०७९, मंगलवार १०:५५