१६ मंसिर २०८१, आईतवार

माेटरबाटाे म्युजिक भिडियो सार्वजनिक


कालीकाेट: कर्णालीका बिकट जिल्लामा स्थानिय सरकारले जताततै खनेका बाटाेलाई समेटेर निर्माण गरिएकाे म्युजिक भिडियो माेटर बाटाे सार्वजनिक भएकाे छ ।
कर्णाली प्रदेशकाे कालिकोट जिल्लामा छायांकन गरिएकाे उक्त भिडियो शुक्रबार सार्वजनिक गरिएकाे हाे ।
परापूर्वककालमा कर्णालीले भाेगेकाे दुख र संघियता पछि कर्णालीमा भएकाे विकासलाई गितमा समेटिएको छ ।
महेन्द्रराज बरालको स्वरमा रहेको गीतमा अहिलेसम्म स्थानीय सरकारले बिकासका नाममा जताततै खनेकाे बाटाेलाई उतारिएकाे छ ।
यसै गीतको म्युजिक भिडियोमा कर्णाली प्रदेशअन्तर्गत कालीकाेटकाे बिकास दृष्य छ । जसले बिकासका नाममा खनेका सडक र उत्पन्न समस्याको चित्रण छ । डिपी खनालकाे शबदमा रहेकाे उक्त भिडियोमा कलाकार जिबी चिरन (चिरन्जीबी सापकोटा), बेदन थापा, कल्पना खड्का, दिपा शाही र प्रिन्स शाह बाल कलाकारमा तथ्यांक भट्टराई र लाेकेश अधिकारीकाे सशक्त अभिनय रहेको म्युजिक भिडियोमा कालीकाेटको विकटता, विवशतालाई देखाइएकाे छ ।
सिडि बिजय अधिकारीकाे संगीत रहेको गितकाे भिडियोको निर्देशन गाैरव गिरिले गरेका हुन् ।