कर्णाली राजमार्ग अझै खुलेन
सुर्खेत । निरन्तर आएको वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग अझै खुलेको छैन । तीन दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
जिल्लाको शुभकालिका गाउपालिका(१ मा पर्ने कर्णाली राजमार्ग अन्तर्गत गगनेखोलामा आएको ठूलो पहिरो अझै पन्छाउन सकिएको छैन ।
यसैगरी कर्णाली राजमार्गको एसमोड, हुल्मबजार, सेरिघाट, खाँडाचक्र नगरपालिका–४ मा पर्ने छेका, वडा नम्बर ६ मा पर्ने मोल्फाबजार र तिलागुफा नगरपालिका–६ मा पर्ने टिमुरे भीरमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पोषण थापाले बताए ।
उनले भने, ‘कतै सडक अवरुद्ध भएको छ भने, कुनै ठाउँमा सडक नै पहिरोले लगेको छ । डोजर सबै ठाउँमा परिचालन गरे पनि आजै राजमार्ग सुचारु हुँदैन। वर्षा कम हुँदै गएको खण्डमा मात्र राजमार्ग खुलाउन सकिन्छ ।’
यस्तै जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोबाट जनजीवन कष्टकर बनेको छ । पहिरोको उच्च जोखिममा रहेका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई प्रशासनले समयमै सुरक्षित स्थानमा जान अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।
कर्णालीपाटी । २५ असार २०८१, सोमबार १२:४५