१६ मंसिर २०८१, आईतवार

नेकपा (एमाले) कालिकोटको बिभिन्न निर्णय गर्दै चौथौ बैठक सम्पन्न


सुर्खेत । नेकपा (एमाले) जिल्ला कमिटी कालिकोटको कार्तिक २५ गते बसेको चौथौ बैठकले बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष तुलाराज मल्लको अध्यक्षता र पार्टी केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज नगिन्द्र शाही (नेशनल) को प्रमुख आतिथ्यतामा चौथो बैठक सम्पन्न भएको हो ।

बैठकले कार्तिक २५ गते पलाँता गाउँपालिकामा भएको दुर्घटनाका कारण हुन गएको मानविय क्षतिले सिंगो पार्टी अत्यन्तै स्तब्ध भएको र उक्त दुर्घटनामा परि निधन भएका व्यक्तिहरुलाई हार्दिक श्रदान्जली अर्पण तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै आबवश्यक राहत र घाइतेको उपचारमा कमी हुन नदिन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको, सबै पालिकामा मिति २०८१ कार्तिक २८ गतेदेखि मंसिर ७ गतेसम्म दश दिने पार्टी निमाष व्यवस्थापन परिचालन र जागरण अभियान (पाईला) अभियान संचालन गर्ने निर्णय गरेको पार्टीका उपसचिव एंवम् प्रचार तथा प्रकाशन विभागका प्रमुख पवित्रकुमार शाहीले जानकारी दिए । ‘अन्य पार्टीसंग बालो संवाद तथा पार्टी विस्तारको लागि जिल्ला इन्चार्ज नगिन्द्र शाही (नेशनल) को संयोजकत्व कुर्मराज शाही, तुलाराज मल्ल रहेको तिन सदस्ययीय बार्ता टोली गठन गरिएको छ ।’ उनले भने,‘तिलागुफा–४ को उपनिर्वाचनमा परिचालन तथा समन्वयको लागी पालिका इन्चार्ज तपेन्द्र शाहीको संयोजकत्वमा सिता शाही, मेहन्द्र शाही, तारा शाही र विर्खे सुनार रहेको निर्वाचन परिचालन तथा समन्वय कमिटी गठन गरेको छ ।’

पार्टी कार्यालय निर्माणका लागि खाँडाचक्र– १ मा सितलाकुमारी शाहीको जग्गा मनमोहन स्मृती प्रतिष्ठानको नाममा ल्याउने, कर्णाली राजमार्ग निर्माणमा भएको बिलम्बका कारणसमुदायमा परेको असरबारे सडक विभागलाई ध्यानाकर्षण गराउने, विभिन्न पालिकामा भएको ढिलासुस्ती भ्रष्टाचार तथा सरकारी सम्पत्तीको अपचलन रोक्न पालिका कमिटिको नेतृत्वमा खबदारीसभा गर्ने, सबै पालिका जोड्ने सडकहरु अत्यन्तै जोखिमपुर्ण र दुर्घटनाग्रस्त भएकोले तत्काल आवश्यक मर्मत गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्ने निर्णय भएको प्रचार तथा प्रकाशन विभागका प्रमुख शाहीले बताए । ‘बाढीपहिरो तथा आगलागि पिडितलाई तत्काल राहत तथा क्षति भएका घर निर्माण गर्न पहल गर्ने, जनसरोकारका महत्वपुर्ण विकास निर्माणका योजनाहरु तथा समसमायीक तपशिलका विषयहरुका लागि सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने निर्णय भएको छ ।’ उनले भने,‘जिर्ण अवस्थामा रहेको कणांनी राजमार्गको तत्काल स्तरोउन्नती गर्ने, रेगिल वेलीव्रीज मान्मदेखि सुनथराली विमानस्थल जोड्ने, खुलालुदेखि सुनथराली विमानस्थलसम्म पक्की सडक, बदालकोट हुदैँ पचालझरना पर्यटकिय सडक, पाँखा–चुलीमालिका, चुलीमालिका र मान्म चुलीमालिका पर्यटकिय सडक निर्माण पहल गर्ने निर्णय भएको छ ।’