१६ मंसिर २०८१, आईतवार

कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु


कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ स्थित रारा गाउँमा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीया वीरेन्द्र चौलागाईंको मृत्यु भएको जानकारी दिए ।

चौलागाईं विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए । घटनाका विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।