१६ मंसिर २०८१, आईतवार

करेन्ट लागेर मृत्यु भएका युवकको आफन्त आन्दोलित


सुर्खेत । करेन्ट लागेर मृत्यु भएका शुभकालिका४ का वीरेन्द्र चौलागाईंको आफन्त आन्दोलित भएका छन् । विद्युत् कार्यालयका कर्मचारीले पोल चढ्न लगाएर लापर्बाही गर्दा चौलागाईंको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गर्दै सदरमुकाम मान्म आएका छन् ।

‘विद्युत्‌का कर्मचारीले नै काममा लगाएर लाइन नकाट्दा मेरो छोराको ज्यान गयो,’ मृतकका बुवा डिल्ली चौलागाईंले भने, ‘लापर्बाही गर्ने कर्मचारीलाई कारबाही हुनुपर्छ ।’ उनले मृतकका बालबच्चाको लालनपालन र शिक्षा, परिवारलाई रोजगारी र उचित क्षतिपूर्ति दिनुपर्ने बताए ।

गाउँमा विद्युत् कार्यालयका कर्मचारीले पोलबाट लाइन तान्न लगाउने, गाउँमा वायरिङको काम गर्दै आएका चौलागाईंको सोमबार बिहान ८ बजे पोल चढ्को बेला करेन्ट प्रवाह हुँदा घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकको शव पोस्टमार्टमक लागि जिल्ला अस्पताल ल्याइएको भए पनि आफन्तले दोषीलाई कारबाही, क्षतिपूर्ति र परिवारका सदस्यलाई रोजगारीको माग गर्दै शव बुझ्न इन्कार गरेका छन् । मृतकका आफन्त, विद्युत्‌का कर्मचारीबीच छलफल भइरहेको कालिकोटका प्रजिअ नारायण प्रसाद भट्टराईले बताए ।