बाढीपहिरो पीडितलाई राहत
सुर्खेत । सहयोगी हातहरुको समूह (साहास)नेपालको पाईला परियोजनाले २०८१ सालको बाढीपहिरो प्रभावितलाई राहत वितरण गरेको छ । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको समन्वयमा राहत बितरण गरेको हो ।
नरहरिनाथ गाउँपालिका वडा नं. १ देखि ९ सम्मका ५३ जनालाई फेल्म फिनल्यान्डको सात लाख तीस हजार आर्थिक सहयोगमा राहत बितरण गरेको छ ।
राहत स्वरुप प्रति घरपरिवार खाद्यान्नतर्फ चामल १ बोरा, दाल ५ केजी, नुन २ केजी, तेल १ पेटी, ब्लाङ्केट २ थान, लत्ता कपडातर्फ ६० बर्ष माथिका लागि ६ बर्ष भन्दा माथिका लागि र ५ बर्ष मुनिका बालबालिकाहरुका लागि प्रति ब्यक्ति हाईनेक १ पिस, टोपी १ पिस, मोजा १ जोर, टाउजर १ हाजेनिक कीटतर्फ प्रतिघर परिवार सेनिटरि प्याड ५ वटा, कम्बो १ पिस, डिटोल सावुन १ वटा, पप डिटरजेन्ट पाउडर ३ वटा सावुन १ पिस बितरण , टर्चलाईट १ पिस, वाटर गार्ड १ वटा, ब्रोस प्रति ब्यक्ति एक÷एक वटा गरि बितरण गरिएको हो ।
राहत बितरण गर्दै नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले आर्थिक सहयोग गर्ने फेल्म फिनल्यान्ड, पाईला परियोजना, साहास नेपाललाई धन्यवाद दिए । बाढीपहिरो प्रभावितहरुलाई सहयोग गर्ने सम्पुर्ण संघसंस्थाहरुलाई धन्यवाद दिए। बाढि पहिरोमा घर भत्किएकाहरुको तत्काल आवास निर्माणका लागि प्रदेश सरकार र संघ सरकारसँग पहल भईरहरेको बताए । उनले सबैको सहयोगमा विभिन्न पटक राहत बितरण गरिरहेको बताए ।
कार्यक्रममा नरहरिनाथ गाउँपालिका उपाध्यक्ष कमलकुमार शाह र वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।
कर्णालीपाटी । ६ मंसिर २०८१, बिहीबार १३:३३