८ बैशाख २०८१, शनिबार

अभिभावकसंगको सम्झौतापछि विद्यालयमा विद्यार्थीको चाप बढ्यो


कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिका ८ मा रहेको जनजागृती माविले विद्यार्थी स्कुलमा नियमित पठाउन अभिभावकसंग सम्झौता गर्ने गरेको पाइएको छ । निजि विद्यालयतर्फ दिनानुदिन मोह बढ्दै गई सामुदायिक विद्यालय खाली भएपछि विद्यालयले अभिभावकहरुसंग सम्झौता गर्न सुरु गरेको हो ।
विद्यार्थी स्कुलमा नियमित पठाउने अभिभावकसंगको संम्झौताले अहिले विद्यालयमा विध्यार्थीको चाप लाग्ने गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद बरालले बताए । उनले भने, ‘निजि विद्यालय च्याउ उम्रे झैँ विभिन्न ठाउँमा निजि विद्यायलयहरु खोलेपछि सामुदायिक विद्यालयहरुमा विद्यार्थी शुन्य भएकाले आफुहरुले यो सम्झौता गर्न बाध्य भएको बताए ।
गुणस्तरीय शिक्षा प्रदान गर्न, दुवै पक्षसंगको सम्झौतामा नियमित विद्यार्थीलाई स्कुल, पठाउनु पर्ने, बालबालिकाको पढाइको अवस्थाको बारेमा जिम्मेवारी हुनुपर्ने, समयमा स्कुल पढाउनु पर्ने, अभिावक भेलामा नियमित विद्यालयमा आउनु पर्ने, हप्तामा २ जोर स्कुल पोषाक उपलव्ध गराउनु पर्ने र विद्यालयको तर्फबाट कुन माध्यामबाट हुन्छ पठन पाठन गर्नुपर्ने, शिक्षक नियमित विद्यालयमा हाजिर हुनु पर्ने, विद्यालयको प्रशासन कडा हुनु पर्ने, अतिरिक्तm क्रियाकलाव अनिवार्य गराउनु पर्नेलगायतका दुवै पक्षविच सम्झौता गर्ने गरिएको प्रअ बरालले बताए ।उनले यति सम्झौता उल्लंघन गरेमा राज्यबाट पाउने सेवा सुविधा कटौती गरिने बताए ।
उनका अनुसार, अहिले यो नियम सुरु गरेदेखि विद्यालयमा विध्यार्थीको चाप बढेको छ । यो वर्षमा सिकाई उपलब्धि ४४ प्रतिशतबाट बढेर ४९ प्रतिशत पुराउन सफल भएका छौँ । सामुदायिक विद्यालयहरुमा विद्यार्थीको उपस्थिति न्युन भइरहेको बेला आफुहरुको गुणस्तरिय शिक्षाले विद्यालयमा विद्यार्थी भरी भराउन भएका छन् । यही सफलताले नगरपालकाले पनि नगरपालिका भित्रकै उत्कृष्ट विद्यालयको रुपमा घोषित गर्ने भनेको छ । पछिल्लो समय सामुदायिक विद्यालयहरुको अवस्था नाजुक भइरहेको वेला आफनो विद्यालय उत्कृष्ट हुँदा आफुलाई झन विद्यालयप्रतिको चासो बढ्दै गएको बताए ।
नगरपालिका ९का १५ वर्षीया सुवास न्यौपाने घण्टी लाग्नुअघि नै विद्यालय आइपुग्छन्  । जनजागृती माविमा कक्षा १० मा अध्यानरत हुन् । सुवास न्यौपाने मात्र होइन थुप्रै बालबालिका पनि विद्यालय जान हतारो गर्छन् । किनभने जनजागृती माविको व्यवस्थापन विद्यार्थीमैत्री भएपछि उनीहरू कुनै दिन नछुटाई विद्यालय आउने गरेका हुन् । एकताका हात्तै विद्यार्थी घटेको यो विद्यालयमा अहिलेको ओइरो लाग्छ ।
‘शैक्षिक गुणस्तर बढेपछि विद्यार्थीको चाप बढ्यो’ उक्त माविमा आठ सय २४ विध्यार्थी छन् । शैक्षिक गुणस्तर बढेपछि निजी विद्यालयका विध्यार्थी समेत उक्त विद्यालयमा आएका छन् । यहाँ बाल शिक्षादेखि १२ कक्षासम्म सञ्चालन भएको छ । शैक्षिक गुणस्तर सुधारपछि सानो कक्षामा समेत विद्यार्थी बढेको सहायक प्रधानाध्यापक वेद प्रसाद बरालले बताए  । उनका अनुसार अब नगरले पनि प्रत्येक विद्यालयहरुमा अभिभावक शिक्षा लागु गर्दैछ ।
यसका लागि १८ जना शिक्षक कार्यरत छन् । यसअन्तरगत आधारभूत यो भौतिक संरचनाको हिसाबले पनि धनी छ । विद्यालयमा आधुनिक नयाँ भवन, बालमैत्री शौचालय छन् । यसले विध्यार्थी विभिन्न सेक्सन छुट्टयाएर पढाइएको सहायक प्रअ बरालले सुनाए । विभिन्न प्रयोगशाला, , पुस्तकालय तथा अंग्रेजी माध्यमबाट पढाइने भएकाले पनि विद्यार्थीको चाप बढेको बरालको तर्क छ  । ‘मेहनेत गरेर पढाइयो भने शिक्षाको गुणस्तर बढिहाल्दो रहेछ ।’ प्रअ बरालले भने ।