२० कार्तिक २०८२, बिहीबार

बिवाद सुल्झाउन संङलाइ आग्रह


असार । जुम्ला र मुगु जिल्ला बीचका जनप्रतिनिधिले दुई जिल्लाबीचको सीमा विवाद समाधान गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छन । करिब चार हजार मिटर उचाइ रहेको घुच्ची लेकको सिम्पाटी चौरमा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सुरक्षाका प्रमुखकाे सहभागितामा बैठक बसी आग्रह गर्ने निर्णय गरेकाे हाे।

मुगु जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकाया, छायानाथ रारा नगरपालिकाकी उपप्रमुख सुन्तला रोकाया, कनकासुन्दरी गाउँपालिका जुम्लाका अध्यक्ष नरविर रावत सहित, जुम्ला र मुगुका सुरक्षा प्रमुखहरू तथा स्थानीयको उपस्थितिमा दुई जिल्लाको सीमाको विषयमा स्थानीय स्तरमा दुई वर्ष अघि मुगुको छायानाथ रारा नगरपालिकाले हालेको गेट जुम्लाका स्थानीयले भत्काएपछि सीमा विवाद चर्किएको बिषयमा छलफल गरिएकाे हो। भोगचलनको आधारमा जुम्ला कनकासुन्दरी १ र छायानाथ रारा नगरपालिका १ ले गेट हालेको स्थान र सिम्पाटीचौर दुवै पक्षले दाबी गर्दै आएका थिए। सम्पन्न बैठकले दुई जिल्लाको सीमासम्बन्धी विवादको विषयमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नापी नक्साको आधारमा विवाद टुंगो लगाउन अनुरोध गर्ने निर्णय गरेको छ। वस्तु चराउने लेक साझा भएकाले आफुहरुसँग समन्वय नगरी जुम्लाको सिमामा गेट लगाउने काम भएकाले आवाज उठाइएको कनकासुन्दरी १ का अध्यक्ष हरिबहादुर भण्डारीले बताए। यता छायानाथ रारा नगरपालिका ७ का अध्यक्ष हरिजंग शाहीले गेट भत्काएकाले विवाद बढेको बताए ।

दुवै जिल्लाका सीमाका वडाले आ आफ्नै जग्गा भएको दाबी गर्दै आएका छन्। कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरवीर रावतले भोगचलन दुवैको भए पनि सीमा निर्धारण विषयमा नेपाल सरकार र नापी नक्साकै आधारमा निर्धारण हुनुपने तर्क गरेका छन ।