१६ चैत्र २०८०, शुक्रबार

जाजरकोटको कुशेका कृषकलाई २० लाखको औजार


जाजरकोट : प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाद्धारा जाजरकोट कुशे गाउँपालिकाका कृषकहरुलाई विभिन्न औजार उपकरण वितरण गरिएको छ । करिब २० लाख रुपैयाँबराबरको विभिन्न सामग्री वितरण गरिएको परियोजनाका प्रमुख टंकप्रसाद रिजालले जानकरी दिए। उनका अनुसार पावर टिलर ट्याक्टर दुई, खाल्डो खन्ने मेसिन दुई, पावर स्प्रेयर दुई , सिँचाइ स्प्रिङ्कलर १००, फुड स्प्रेयर ४० र सिगेचर २०० थान वितरण गरिएको छ।यस्तै आरी १६०, भर्‍याङ सिडी ६०, कैची २००, थर्ममिटर दुई, जुसर मेसिन दुई र तसला १०० वटा कृषकलाई वितरण गरिएको छ। कृषकलाई कृषिकर्ममा सहजता होस् भनेर सामग्री वितरण गरिएको रिजालले बताए।