६ बैशाख २०८१, बिहीबार

२९ दिनमै सकियो रातो टीका निधारमा सुटिङ


काठमाडौं । अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टीका निधारमा’को सुटिङ सकिएको छ । निर्देशक शर्माले चलचित्रको सुटिङ सुरु भएको २९ दिनमै सकिएको जानकारी दिएका छन् । चलचित्रको टिमको राम्रो साथ भएकाले समयमै सकिएको उनको भनाइ छ । चलचित्र काठमाडौं र झापामा खिचिएको हो । यो चलचित्रमा नायिका साम्राज्ञी आरएल शाहसँग नवनायक अंकित शर्माले अभिनय गरेका छन् । अंकित निर्देशक अशोकका सुपुत्र हुन् । चलचित्रको किरण शर्मा र कृति शर्मा निर्माता हुन् ।

आउँदो दशैंमा प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रमा साम्राज्ञी र अंकितको साथमा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, वसुन्धरा भुसाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायत कलाकारको अभिनय छ ।