८ बैशाख २०८१, शनिबार

सुत्केरी आमाको मृत्यु


मुगु । मुगुम कार्मारोङ्ग गाँउपालिका–१ चिताई गाँउकी ३५ बर्षीया एक सुत्केरी महिलाको छोरा जन्मिए पनि साल नझर्दा मृत्यु भएको छ ।
पासाङ्ग फुटिक तामाङ्गले असार १६ गते आफ्नै घरमा छोरा जन्माए कि थिईन् । छोराको जन्म भईसकेपछि साल नझरेको तर अत्याधिक रक्तश्राव भएपछि असार १७ गते घरमै बिहान ११ बजे उनको मृत्यु भएको हो ।

गाउँमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय महिला स्वास्थ्य स्वय्म सेविकाले मुश्किलले सुत्केरी गराएका थिए । आमाको मृत्यु भएपछि जिवित अवस्थामा रहेको नवजात शिशुको विचल्ली भएको छ । मृतक तामाङ्गका अन्य तीन सन्तान पनि साना रहेका छन् । उनका पति यार्सा संकलन गर्न पाटनतिर लागेका छन् । गाउँका पुरुषहरु सबै यार्साको खोजीमा पाटनतिर छन् ।

तत्काल उनीलाई बोकेर उपचार गर्ने मान्छे पाईएन र आफु गाँउपालिकामा रहेकाले आफुलाई खबर ढिलो आएकाले उनको उद्धार गर्न नसकिएको मुगुम कार्मारोङ्ग गाँउपालिका–१ का वडाध्यक्ष सोनाम याङ्गजु तामाङ्गले दुखेसो ब्यक्त गर्नुभयो । गाेरखापत्रबाट