८ बैशाख २०८१, शनिबार

‘शिशिर’ ले फेरी ल्याए बियोगान्त गीतः ‘नजा मलाई छोडी’ (भिडियाे सहित)


सुर्खेत । गायक धर्मराज न्यौपाने ‘शिशिर’ को नयाँ बियोगान्त देउडा गीतको म्यूजिक भिडियो ‘नजा मलाई छोडी’ सार्वजनिक भएको छ । कालीकोटको कालो, मालीकाकी माता देउडा, भन्देउ चरि रुनु पर्दैन लोक दोहोरी गीत लगायतका दर्जनौ गीतहरु चर्चा पाइरहेका बेला फेरी मन छुने बियोगान्त देउडा नजा मलाई छोडी बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको हो ।

प्रेम र बिछोडको बियोगान्त कथालाई समेटेर तयार पारिएको गीतमा गायक न्यौपानेलाई गायिका सजिप्ता बमले स्वारमा साथ दिएकी छन् भने गीतको शब्द र संगीत पनि न्यौपानेकै रहेको छ ।

गीतको भिडियोमा आशा खड्का, जनराज बम, स्वर्णिम शाही, झरना बोहरा, निर्मला आचार्यले जीवन्त अभिनय गरेका छन् ।