पत्रकार शर्माको उपचारका लागि रकम संकलन अभियान

सुर्खेत । बोनम्यारो रोगबाट पीडित सुर्खेतका पत्रकार डिलप्रकाश शर्माको उपचारका लागि रकम संकलन अभियान थालिएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आइतबारदेखि उक्त अभियान सुरु गरेको उपाध्यक्ष ललित बसेलले बताए । डिलप्रकाश शर्मा बचाउ अभियान नामबाट वीरेन्द्रनगरस्थित सेन्चुरी बैंकमा खाता खोलिएको उनले बताए ।
महासंघ सुर्खेतले पत्रकार शर्माको उपचारका लागि आइतबार ५० हजार रुपैयाँ जम्मा गरेको छ । शर्माको उपचारमा सहयोगका लागि आइतबार मात्र १ लाख ३० हजार बढी संकलन गरिएको उपाध्यक्ष बसेलले बताए । पत्रकार शर्माको उपचारका लागि पत्रकार सम्बद्ध संस्था तथा पत्रकारले सहयोग गर्ने घोषणा गरेका छन् । संसदीय मामिला पत्रकार समाजले २५ हजार, महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले १५ हजार, उपाध्यक्षद्वय ललित बसेल र माया थापा, सचिव सुदीप पुरी, सहसचिव ललित गाहा, पत्रकार पन्त, जाजरकोटका पत्रकार जनक केसी र सुर्खेतका व्यवसायी बखत शाहीले जनही पाँच÷पाँच हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
त्यस्तै पत्रकार शेरबहादुर थापाले २१ सय २१, धर्मराज जिसीले २ हजार, महासंघका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माले १ हजार १ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । आइतबारमात्रै एक लाख ३० हजारभन्दा बढी रकम संकलन भएको महासंघले जानकारी दिएको छ । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशले समाजका सचिव शर्मा विगत डेड महिनादेखि भारतको गुजरातमा उपचार गराइरहेका छन् । दैलेख जिल्लाको रूम घरभई वीरेन्द्रनगरमा बसेर देशसञ्चार अनलाइन तथा सुर्खेतबाट प्रकाशित हुने साझा विसौनी दैनिकमा कार्यरत छन् ।