८ बैशाख २०८१, शनिबार

उद्योग दर्ताबाट झण्डै ४३ लाख राजस्व संकलन


जुम्ला । घरेलु तथा साना विकास समिति जुम्लाले ४२ लाख ९० हजार ५५ रुपैया राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा दर्ता भ्एका उद्योगबाट उक्त राजस्व संकलन गरेको हो । घरेलु तथा साना बिकास समितिका अनुसार यस आर्थिक वर्षमा साना उद्योग तर्फ २ सय ६४ र लघु उद्योग तर्फ ३६ वटा, गरी जम्मा तिनसय वटा उद्योग दर्ता भएका छन् ।

घरेलु विकास समितिले जुम्लाका बेरोजगार युवायुवतीलाई लक्षित गरी विभिन्न किसिमका सीप मुलक तालीम दिर्दै आएको छ। पछिल्लो समयमा रोजगारीका सिलसिलामा जुम्लाका युवाहरु विदेश पलायन हुने संख्या बढ्दै गएका बेला घरेलु तथा साना विकास समितिले रोजगारी सिर्जना गने उद्देश्यले सीप मुलक तालिम दिर्दै आएको सुचना अधिकारी देवीराम न्यौपानेले बताए । ‘यहाका नागरिकलाइ सीप सिकाएर गाउँठाउँमा जोजगारी दिने घरेलु तथा साना विकास समितिको लक्ष्य रहेको छ’ उनले भने ‘पछडिएका नागरीकलाई सिप मुलक तालिमले केही राहत भएको सहसुस गरेका छौ ।’

सीप सिकेर नागरिकको दैनिकीमा दैनिकीमा परिवर्तन आएको छ न्यौपानेको भनाइ छ। उनका अनुसार जुम्ला जिल्लाका सात वटा गाउपालिका एक नगरपालीकामा सिपमुलक कार्यक्रम सञ्चालन भएका छन्। जस अन्तरगतका कार्यक्रममा, रैथाने बाली उत्पादन तथा प्रशोधन, हातेहाजीयारी, फर्निच, सिलाइ कटाई, कुखुरापालन, हाउस वाईरीङ, कृषि औजार, ढाकाँ बनाई बेसिक कम्प्युटरलगायतका तालिम छन्। महिला तथा पिछडिएका वर्गको आयआर्जनमा टेवा पुर्याउने लक्ष्मा समिति लागिपरेको न्यौपानेले बताए।

यस अघि बिभिन्न उद्योग दर्ता गर्दा शुल्क लिर्दै आएको यस कार्यालयले यस आर्थिक वर्षबाट केही नयाँ नियम लागु गरेको छ। अब महिलाले आफ्नो नाममा कुनै पनि उद्योग दर्ता गराउन चाहेको खण्डमा एक सय प्रशासनिक शुल्क बाहेक अरु शुल्क नलाग्ने ब्यवस्था गरेको छ। दलित महिला र पिछडा वर्गका लागि सीप मुलक तालिम लिएको प्रमाण पत्र र नेपाली नागरिकताको प्रमार्ण पत्रको प्रतिलिपी भए उद्योग दर्ता गर्न पाउने ब्यवस्था गरेको छ।