८ बैशाख २०८१, शनिबार

आधुनिक बनाइँदै लाटिकोइलीको शिव मन्दिर


सुर्खेत । सुर्खेतको लाटिकोइलीमा अवस्थित शिव मन्दिरको गुरुयोजना बनाइएको छ । हिन्दु धर्मावलम्वीको पवित्र धार्मिक आस्थाको रुपमा लाटीकोइलीमा अत्याधुनिक मन्दिर निर्माणका लागि गुरु योजना तयार पारिएको हो ।
प्रफेक्ट सोलुसन्स पावर एण्ड इन्जिनियरिङ्ग प्रालिले बनाएको शिव मन्दिरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार आधुनिक मन्दिरका लागि पूर्वाधार बिकास गरिने छ । मन्दिरमा सटरसहितको पुजा सामग्री बिक्री कक्ष, अर्धनागेश्वर शिवको मुर्ती, हमन गृह, प्रतिक्षालय, चिल्ड्रेन पार्क, भजनकृतन कक्ष रहने छ । मन्दिरको गेटमा सटरहरु निर्माण गर्ने गरी डिपिआर तयार गरिएको प्रफेक्ट सोलुसन्स पावर एण्ड इन्जिनियरिङ्ग प्रालिका सञ्चालक दिपक ढकालले बताए ।

दुई करोडको लागत अनुमान गरिएको शिव मन्दिरको निर्माणका लागि काम सुरु गरी कुनै अवरोध नभए दुई बर्षमा निर्माण सम्पन्न गर्न सकिने ढकालले बताए । आफ्नो कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने तयारीमा ररेको उनले बताए । ‘हामीले स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै मन्दिरको डिपिआर तयार पारेका छौं’ उनले भने, ‘प्रतिवेदन समितिलाई हस्नतान्रण गर्ने तयारीमा छौ ।’
डिपिआर तयार गरेका ढकालले मन्दिरको प्रवेशद्धार आफ्नो कम्पनीले निर्माण गरिदिने जानकारी दिए । मन्दिर निर्माणका लागि आयोजना गरिएको महायज्ञबाट गत बर्ष महामहोत्सवमा १ करोड २४ लाख ६० हजार ५ सय ६९ रुपैया दान संकलन गरिएको थियो ।