८ बैशाख २०८१, शनिबार

स्वास्थ्य संस्थामा जन्मिएको बच्चालाई तीन हजार रुपैयाँ


जुम्ला । पातारासी गाउँपालिकाले अस्पतालमा सुत्केरी गराए बच्चाको नाममा तीन हजार रुपैया“ प्रदान गर्ने नीति लिएको छ । चालू आर्थिक वर्ष पातारासी गाउँपालिकामा शिशु मृत्युदर शून्य बनाउने उद्देश्यअनुरूप यस्तो नीति लिइएको हो । पातारासी गाउँपालिकामा अहिले पनि ४५ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेका छन् । परम्परागत सोचाइ, अन्धविश्वास र रुढीवादी चिन्तनका कारण उनीहरू अझै घरमै सुत्केरी हुन बाध्य बनेका हुन् ।
स्वास्थ्य शिक्षा अभावले महिला घरमै सुत्केरी गरेको स्वास्थ्य स्वयंसेविका बताउँछन् । ५५ प्रतिशत महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेको पातारासी गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक रतन बुढथापाले जानकारी दिए । गाउँपालिकाले घरमा हुने सुत्केरी र बाल मृत्युदर शून्य बनाउने अभियान सुरुवात गर्ने गाउँपालिका अध्यक्ष लछिमन बोहोराको भनाइ छ ।
अझै ग्रामीण क्षेत्रका महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन असहज मान्ने, स्वास्थ्य–संस्थामा सुत्केरी गराउन लैजाँदा बाटोमै भए फर्काएर घर लैजाने चलन रहेकाले घरमा हुने सुत्केरीलाई शून्यमा पु¥याउने अभियानलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ । महिला शारीरिक रूपले पनि कमजोर हुने भएकाले उनीहरूको स्वास्थ्य सुधारका लागि यस्तो प्रयासअघि सारिएको गाउँपालिका अध्यक्ष बोहोरा बताउ“छन् । ‘हाम्रा दिदीबहिनी, छोरी, बुहारीको स्वास्थ्यप्रति सजग छौं,’ उनले भने, ‘त्यसैले घरमा हुने सुत्केरी शून्य गाउँपालिका घोषणाको काममा लागेका छौं ।’
गाउँपालिकाअन्तर्गत चार स्वास्थ्य संस्थामध्ये दुई वटामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको बताउ“दै पट्मारा र पातारासी स्वास्थ्य चौकीमा साउनबाट सेन्टर सञ्चालन भइसकेको छ । घरमा हुने सुत्केरी शून्यमा झार्न सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना गरिने उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले घरमा हुने सुत्केरी तथा बाल मृत्युदर शून्य बनाउने अभियान सुरुवात गाउँपालिकाले गरेको जानकरी दिए ।
उनका अनुसार स्वास्थ्य संस्थामा बच्चा जन्माए गाउँपालिकाका तर्फबाट तीन हजार रुपैया“ बच्चाको नाममा जम्मा गरिनेछ ।मातृ मुत्युदर कम गर्न र स्वास्थ्य संस्थामै सुत्केरी गराउने संस्कार बसाल्न तीन हजार गाउँपालिका र तीन हजार अभिभावकले बच्चाको नाममा जम्मा गर्नुपर्ने नीति लिएको हो । अभियान सफल पार्नका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।