१४ बैशाख २०८१, शुक्रबार

‘स्याउ, च्याउ र झ्याउबाट कर्णालीको बिकास गर्न सकिन्छ’


सुर्खेत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्णालीको स्रोत र साधनको उपयोग गरी समृद्ध नेपालको अभियान सार्थक बनाउन सकिने बताएका छन् । सोमबार कर्णाली प्रदेश सभामा सम्बोधन गर्दै कर्णालीको अथाह सम्पदाको पहिचान गरी उपयोग गर्न सके सरकारको समृद्धिको नारा सार्थक बन्ने बताए । ‘कर्णालीमा विद्युत उत्पादनको सम्भावना भएको भन्दै यहाँको विद्युत उत्पादन गरी बिक्रि गर्न सके मुलुकको अर्थतन्त्रमा ठुलो योगदान हुनेछ’ उनले भने, ‘यहाँको स्याउ, च्याउ र झ्याउले नै मुलुकको आर्थिक बिकासमा योगदान पुगाउने सामाथ्र्य राख्दछ ।’ कर्णालीको यार्सा, पाँचऔलेलगायतका बहुमूल्य जडिबुटीकोसंरक्षण र व्यवसायिक प्रवद्र्धनका लागि योजना बनाउन पनि प्रदेश सरकारसंग आग्रह गरे ।
कर्णालीमा पाटनहरुमा बढ्दो दोहोनले बहुमूल्य जडिबुटी मासिंँदै गएको प्रति अध्यक्ष तिमिल्सिनाले चिन्ता व्यक्त गर्दै सबै तहका सरकारले पाटनको पर्यावरणीय प्रभावप्रति सचेत रहनु पर्ने सुझाव दिए । कर्णालीको एउटै नदीले १५ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने भएको भन्दै उनले ठुलो परिणाम विद्युत उत्पादनले वित्तीय आवश्यकता बढाई मुलुकको अर्थतन्त्र बढाउन मद्यत गर्ने उनको भनाई थियो । ‘कर्णालीमा उत्पादित विद्युत यहाँका कलकारखानाले मात्र होइन पर्यटन र सेवा क्षेत्र पनि बढ्नेछन्’ उनले भने ।
संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट नै समाजवादउन्मुख अर्थतन्त्र बिकास गर्न किने भन्दै उनले बिकासको प्रतिफल हुनेखाने भन्दा हुँदाखानेसम्म पु¥याउनु पर्नेमा जोड दिए । कर्णालीको जातीय र वर्गीय विभेद अन्न्य गरी जनतामा गुणस्तरीय शिक्षा र प्रभावकारी स्वासथ्य सेवा प्रवाहका लागि सरकारले प्रभावकारी र ठोस योजना बनाउनु पर्ने उनले बताए । ‘कर्णालीमा बढ्दो जातीय र बर्गीय विभेद अन्त्य गर्न यहाँँका जातीय छुवाछुत, छाउपडि प्रथा, धामी झाँक्रि लगायतका अन्धविश्वासहरुविरुद्ध ठोस कदम चाल्न जरुरी छ’ उनले भने ।
कर्णालीमा विश्वविद्यालय, अस्पताल, सञ्चार र सडक सञ्जालको बिकासले यहाँको आर्थिक बिकासलाई समेत टेवा पु¥याउने उनले बताए । सुर्खेत–जुम्ला कर्णाली राजमार्ग, कर्णाली करिडोर, भेरी करिडोर, सञ्चारको बिकास तथा गाउँबस्तीका विद्यालय र अस्पतालहरु लोकतन्त्रको उपहारको रुपमा लिनु पर्नेमा उनले जोड दिए । सुर्खेत–जुम्ला सडक स्तरोन्नति, कोहलपुर–सुर्खेत सडक चारलाई बनाउने, सुर्खेत–सिमिकोट–हिल्सा सडक योजना पुरा भए पछि कर्णाली सबैको आकर्षणमा पर्ने उनले बताए । संविधानले सबै तहका सरकारको काम कर्तव्य र अधिकारसमेत बाँडफाँड गरेको भनदै मुलुकको समृद्धिका लागि सबै तहका सरकारहरु जनताप्रति उत्तरदायी हुनु पर्ने उनको भनाई छ । साझा अधिकारका क्षेत्रमा सबै तहका सरकारको समन्वय जरुरी भएको उनले बताए ।
प्रदेशसभाको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाले कर्णालीको संसदलाई सम्बोधन गरेका हुन्। ‘प्रदेशसभा जनप्रतिनिधिहरुको संस्था हो, यसले जनाताका आवाज बोल्नुपर्छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘प्रदेशसभाले यहाँको सरकारलाई निगरानी गर्न जरुरी छ, सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई उत्तरदायी बनाउने काम सांसदको हो।’प्रदेशसभा र सांसदहरु सक्रिय बनेमा सरकार पनि गतिशिल हुने र जनताका अपेक्षा पुरा गर्न सकिने उनको भनाई छ। यसका लागि संसदमा सक्रिय भूमिका निर्वाह गर्न उनले सांसदहरुलाई सुझाव दिए।
संघीयता कार्यान्वयनसँगै प्रदेशसभाले काम थालेको भन्दै उनले जनअपेक्षा अनुसार सरकारलाई मार्गदर्शन गर्न र कानुन निर्माणमा सक्रिय हुनुपर्ने बताए। उनले भने, ‘संसदको कारबाहीलाई प्रभावकारी बनाउने र समितिलाई सक्रिय बनाउने भूमिका सांसदको हुन्छ, तपाइँहरु पनि सक्रिय हुनुहोस्।यसले कर्णालीको विकास र समृद्धिमा सहयोग पुग्नेछ, सरकारलाई पनि प्रश्न सोधर तथा छलफल गरेर जवाफदेही बनाऔं।’