८ बैशाख २०८१, शनिबार

काँक्रेविहारमा शिखर शैलीको मन्दिर निर्माण


सुर्खेत । नेपालको एकमात्र संरक्षित वन ‘काँक्रेविहार’मा रहेको भग्नावशेषलाई पुरात्व विभागबाट उत्खनन् गरि पुनःनिर्माण कार्य थालनी गरिएको शिखर शैलीको मन्दिर निर्माणको काम सम्पन्न भएको छ । शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर राखिएसंग मन्दिर निमार्णको काम सम्पन्न भएको हो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यन्याधिवक्त विद्याभूषण मानन्धरले ऐतिहासिक काँक्रेविहारको पुनः निर्माण गर्ने काम सम्पन्न भएको बताए । काँक्रेविहारको सुरक्षाका लागि वडा, प्रदेश सरकार तथा संघीय सरकार लाग्नुपर्ने बताउँदै अब काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले ‘काँक्रेविहार प्रदेशको मात्र नभै देशको नै महत्वपूर्ण स्थल सरकारले बनाइसकेको र काँक्रेविहारमा निर्माण भएको शिखर शैलीको मन्दिरको स्वरुपको महत्वपूर्ण पाटो सम्पन्न गरेको हुनाले स्थानीय जनप्रतिनिधी निर्माण संलग्न कालीगढी प्रदेशबासीहरुमा धन्यवाद व्यक्त गरे । काँक्रेविहारको सौन्दर्यता, विविधता पक्ष तथा यसलाई अध्ययन एंव दर्शन केन्द्रकारुपमा विकास गर्नका लागि प्रदेश सरकार, संघीय सरकार, पर्यटन बोर्ड लगायत सरोकारवाला निकायसंग स्थानीय सरकारकातर्फबाट प्रस्ताव पेश गरिसकेको जानकारी दिँदै अब काँक्रेविहारको सुन्दरता निखार्नका लागि सरोकारवाला निकायसंग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै समाजसेवी गणेश वलीले काँक्रेविहारको सौन्दर्यतालाई जोगाइ व्यवस्थापन, सुरक्षा लगायत एवं बनाउन बाँकी रहेका कामलाई वडा पालिकालाई जिम्मा दिनुपर्ने बताउँदै काँक्रेविहार पुनः निर्माण भएकोमा खुशी व्यक्त गरे । समाजसेवी ध्रुवकुमार श्रेष्ठले जनताको परिकल्पना केहीसम्म साकार भएको बताउँदै संस्कृतविद, पुरात्वविद लगायतले यस्को अझै सुक्ष्म अध्ययन गर्नुपर्ने बताउँदै अब यसको सुरक्षाका लागि सशस्त्र प्रहरी वा सेनाको एक टुकडी राख्न सरोकारवाला निकायलाई आग्रह गरे ।

गुम्वा निर्माण समितिका अध्यक्ष नोर्बु गुरुङ्गले नेपालको इतिहासमा २१ मिटर अग्लो शिखर शैलीको मन्दिर निर्माण हुनु नै गौरव रहेको बताए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले अथक मेहनतले काँक्रेविहार पुनः निर्माण सम्पन्न भएको बताए । उनले काँक्रेविहार पुनः निर्माणसँगै एउटा युगको अन्त्य एव एउटा नयाँ युगको शुरुवात भएको बताए ।