बालविवाह रोक्नका लागि बाल कचहरी

कालीकोटः तिलागुफा नगरपालिकाले बाल विवाह, बालबालिका विरुद्ध हुने हिंसा रोक्नका लागि बाल कचहरी संचालन गरेको छ । कचहरीमा बाल विवाह हुनुका कारण, रोकथामका उपाय, सरोकारवाला निकायको जिम्मेवारी र बालबालिका स्वयमको भुमिकाबारे खुल्ला छलफल गर्न तिलागुफामा गठित नागरिक समाजले बाल कचहरी संचालन गरेको हो ।
तिलागुफा नगरपालिका विभिन्न गैरसरकारी संस्थाहरु मिलेर जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको भएपनि बालविवाह र बालहिंसामा कमी अनाएपछि बाल कचहरी सुरु गरिएको हो । कानुनी रुपमै अपराधका रुपमा रहेको बाल विवाहलाई अन्त्यका लागि गाउँ तहबाट अभ्यास थालनी गर्नका लागि बाल कचहरी गरिएको नगरपालिकाले जनाएको छ । नागरिक समाज तिलागुफाको आयोजना, तिलागुफा नगरपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेन, किर्डाक नेपालको सहयोगमा बाल कचहरी कार्यक्रम गरिएको हो ।
तिलागुफा नगरपालिकामा भएको बाल कचहरीमा त्यहाँका बालबालिकाले सरोकारवालाहरुलाई गुनासै गुनासो पोखेका छन् । बालकचहरीमा सहभागि बालबालिकाले विद्यालयमा कुटपीट हुने, महिनावारी हुदा विद्यालय जान नपाउने, नगरका भौतिक संरचनाहरु बालमैत्री निमार्ण नुहने, विद्यालयमा राखिएका सुझाव पेटिका खोल्दा बालबालिकाहरुलाई सहभागि नगराउने, नगरले बजेट विनियोजना गदा बालबालिकाका क्षेत्रमा कम छुट्याउने, विद्यालयमा नियमिति पढाई नहुने लगायतका प्रश्न गरेका छन् ।


बालबालिकाले बाल कचहरीमा उपस्थित विभिन्न राजनीतिक दलका प्रमुखहरुलाई राजनीतिक ¥यालीमा बालबालिका किन प्रयोग गर्ने भन्ने प्रश्न समेत राखेका थिए । एक सयभन्दा बढी बालबालिका सहभागी भएका थिए । बालबालिकाको प्रश्नको जवाफ दिदै तिलागुफा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले बालमैत्री भौतिक संरचना निमाण, बाल हिंसा न्युनिकरण, बालबालिकाको क्षेत्रमा आवश्यकता अनुसार बजेट छुट्याउने प्रतिवद्धता जनाए ।
कचहरीमा नेकपाका नेता गगन थापा र नेपाली काँग्रेसका युवा नेता खड्गजंग शाहीले राजनीतिक रुपमा बालमैत्री विकास र गुणस्तरीय शिक्षाका लागि पहल गर्ने बताए । उनले बालबालिकाले राजनीतिक दलले आफुहरुलाई प्रयोग गर्दै आएको गुनासो गरेकाले अव बालबालिकालाई कुनै पनि राजनीतिक दलले प्रयोग नगर्ने प्रतिवद्धता जनाए ।
बालकचहरी घरपरिवार, छरछिमेक, विद्यालय परिवार र स्थानीय सरकारलाई बालबालिकाप्रति जवाफदेही बनाउन प्रभावकारी देखिएको सेभ द चिल्ड्रेनका बाल संरक्षण अधिकृत बाले विश्वकमर्माले बताए । उनले, ‘राज्यका नीति नियम कार्यान्वयन र बालबालिकाहरुको सवालहरमा अभियानहरु थाल्ने प्रतिवद्धता जनाए ।’