फोक्सो पीडितद्धारा सहयोगको याचना

कालीकोटः     जिल्लाको नरहरिनाथ गाउँपलिका साविकको लालु गाविस वडा नं ३ सुन्दरपानी अनेकाउला निवासी रत्ननाथ योगी (राकेश)ले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन् ।
सानै उमेरमा भएको निमोनियाका कारण अहिले उनको फोक्सोले काम नगरेपछि विगत २ वर्षदेखि काठमाण्डौंमा उपचार गराई रहेका योगीले आफ्नो उपचारका लागि सवैलाई सहयोग गर्दिन आग्रह गरेका हुन् । कालीकोट जिल्लाको दुर्गम लालु गाविसमा निमोनिया भएको समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाए आफुले अहिले यस्तो समस्या भोग्नु नपर्ने बताए । उनले भने, ‘आफु विगत २ वर्षदेखि काठमाण्डौको टिचिङ हस्पिटलामा उपचार गराई रहेको छु, औषधि निकै महँगो छ आफुसंग भएको जग्गा र घर विचेर अहिलेसम्म जसो तसो उपचार गराई रहेको छु अहिले औषधि किन्न समस्या भएको छ ।’


हस्पिटलमा नै बसेर कृत्रिम अक्सिजन लिदा महँगो हुने भएकाले कोठा भाडामा लिएर अहिलेसम्म कृत्रिम अक्सिजनले आफु बाचिरहेको रत्ननाथले बताए । काठमाडौंमा महँगो उपचार गराउनुपर्ने भएकोले देश विदेशमा रहेका कालीकोटे तथा सम्पूर्ण नेपालीहरुलाई रत्नले उपचारका लागि सक्दो सहयोग गर्न आह्वान गरेका छन् । उनले अहिले देश तथा विदेशबाट केही सहयोग भइरहेको भएपनि फोक्सो परिर्वतन गर्न बढी रकम लाग्ने भएकाले आफ्नो आर्थिक अवस्थाले नहुने भएकाले सवैलाई सहयोगको लागि आग्रह गरेका छन् ।
दुर्गम जिल्लामा जन्मेर आफुले अहिले समस्या भोगी रहेको नाथले बताए । उनले सिहदरवारको अधिकार गाउँ गाउँमा भन्थ्ये तर आफु जन्मेको नरहरिनाथ गाउँपालिकाले आफ्नो उपचारका लागि कुनै पनि सहयोग नगरेको गुनासो गरे । उनले भने गाउँपालिकाले पनि केही सहयोग गरेको भए हुनेथियो, आफ्नै जिल्लाबासीले सहयोग त गर्दैनन अरु कसले गर्थे र गहभरी आशु झार्दै योगीले भने आफ्नै भतिजाले त हेरेन अरु कसले हेर्ने थियो ।


उपचारका लागि नाथको पारिवार दयनीय अवस्थामा रहेको छ । यदि रत्ननाथ योगीलाई सम्झेर सहयोग गर्न चाहेमा सनराईज बैंक कैलाली शाखामा रहेको ०४७१०२९२०२२०१७ मा जम्मा गदिन सक्नुहुनेछ ।