८ बैशाख २०८१, शनिबार

 भाइरल ज्वरोको प्रकोप बढ्यो


कालिकोट:    सदरमुकाम वरिपरि देखा परेको भाइरल ज्वरो झन झन फैलिँदै गएको छ । खाडाचक्र नगरपालिकाको वडा नम्बर २ को मेग्र, भर्ता, पोरिपाल्नी र वडा नम्बर ४ को ताडी टोलसहित वडा नम्बर ६ मा पनि भाइरल ज्वरोका बिरामी भेटिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ ।

भाइरल ज्वरोले खाँडाचक्र नगरपालिका २ का एक बालिकाको आइतबार मृत्यु भइसकेको छ । तर, भाइरल ज्वरोले मृत्यु नभएको जिल्ला अस्पताल कालिकोटले दाबी गरेको छ । मृतक परिवारका अनुसार भाइरल ज्वरोले नै मृत्यु भएको बताएको छ । ती बालिका बाल विकास बोडिङ स्कलमा अध्ययन गदै आइरहेकी थिइन् ।

त्यस्तै, सान्नी९त्रिवेणी गाउँपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाँउपालिका र महाबै गाउँपालिकामा पनि भाइरल ज्वरोका बिरामी देखिएको अस्पतालका सुचना अधिकारी दिप बहादुर रावलले बताए । सुचना अधिकारी रावलका अनुसार आइतबारबाट जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी आउने गरेको बताए । जिल्ला अस्पतालमा भरिभराउ भइ बजारका निजि मेडिकलहरुमा समेत बिरामीले भरिभराउ भएको बताए ।

आइतवबार ८ जनाको परिक्षण गरिएकोमा सोमबार बढी नै आएको र मंगलबार त झनै बढी बिरामी आएको बताए । उनले भने, ‘अहिले ४० जना बिरामी आउने गरेकोमा २० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । भाइरल ज्वराबाट बच्नको लागि सुचना मुलक सन्ेदश स्थानिय सामुदायिक रेडियोमा दिएका छौ ।’ स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा औषधि पनि पठाउने तयारी रहेको बताए ।

आवश्यक्ता अनुसार कडा खालको एन्टिबायोटिक सम्वन्धीत क्षेत्रमा पठाउने र गम्भीर अवस्थाका बिरामीलाई जिल्ला अस्पतालमा भर्ना गरिएकोले उपचारमा गम्भीर भएर लागेको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटले जानकारी दिएको छ  । धेरै ठाउँमा एकै पटक भाइरल फैलिएपछि हालको जनशक्ति अपुग हुने ठहर गर्दै थप माग गर्ने निर्णय बैठकले गरेको जिल्ला अस्पतालका प्रमुख डा। भिष्म पोखरेलले बताए ।