गाँउशिक्षा समितिको बैठक सम्पन्न

कालिकोटः जिल्लाको सान्नी त्रिबेणी गाँउपालिकामा गाँउशिक्षा समितिको बैठक सम्पन्न भएको छ । गाउँ शिक्षा समितिका अध्यक्ष डम्बर ब शाही (डिवी)को अध्यक्षतामा बसेको बैठकले पालिकाको शैक्षिक अवस्था सुधारका लागि बिभिन्न निर्णयहरु पास गरेको हो । पालिकाको शैक्षिक गुणस्तर सुधार गर्नकालागी बसेको बैठकले शुन्य दरबन्दिमा सञ्चालन भएका विद्यालयमा यसै आर्थिक वर्ष देखी लागुहुने गरि ३५ वटा शिक्षक दरबन्दि र १४ वटा बाल विकास केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
कक्षा ३, ५ र ८ को पालिका स्तरिय परीक्षा सञ्चालन, व्यवस्थापन र नतिजा प्रकाशन गर्ने, पालिका क्षेत्र भित्र शिक्षकको दरबन्दि मिलान तथा काजमा पठाउने, पालिका स्तरिय शिक्षक छनौटका लागि विशेषज्ञको रोष्टर निर्माण गर्ने निर्णय समेत गरेको छ । यहि भाद्र २९ गते बालदिवसको अवसरमा साविकका गा.वि.स मा पर्ने माध्यामिक विद्यालयको अगुवाईमा सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने निर्णय समेत गरेको गाँउपालिकाका शिक्षा संयोजक धर्म बहादुर शाहीले बताए । उक्त बैठकको सहजिकरण डाँफे मा.बि.का शिक्षक हिरामणि सिम्खाडाले गरेका थिए । सामुदायिक सिकाई केन्द्र व्यवस्थापनका लागि सहजकर्ताहरुसंग करार सम्झौता गरि ब्यबस्थित ढंगले अगाडि बढाउने स्रोत शिक्षक रमेश सुनारले बताए।