८ बैशाख २०८१, शनिबार

पर्यटन प्रवद्धनका लागि पदयात्रा


कालीकोटः गाउँपालिकामा रहेका सम्पदा क्षेत्रबारे जानकारी गराउन र यस क्षेत्रमा बढीभन्दा बढी स्वदेशी लगायत विदेशी पर्यटक भित्र्याउन सान्नित्रिवेणी गाउँपालिकाले कर्णाली प्रदेशमै पहिलो पटक गाउँपालिकादेखि त्रिवेणी सम्म पदयात्रा सुरु गरेको छ ।
सान्नित्रिवेणी गाउँपालिकामा भएका पर्यटकीय क्षेत्रको विकास गर्न, गाउँपालिकामा रहेका सम्पदाको बारेमा जानकारी गराउनका लागि पहिलो पटक पदयात्रा गरेको हो । पर्यटन प्रवद्धन गरी कर्णाली प्रदेशलाई आर्थिक समृद्धिको बाटोतर्फ लम्काउनका लािग त्रिवेणी पदयात्रा तय गरिएको सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर शाही डिवीले बताए । उनले गाउँपालिकादेखि त्रिवेणी पाटन सम्म पदयात्रामा निस्केको जानकारी दिए । आर्थिक मेरुदण्डको रुपमा रहेका धार्मिक र प्राकृतिक पर्यटनको सम्भावनालाई उजागर गर्ने आशाका साथ पदयात्रा गरिएको अध्यक्ष शाहीले बताए । उनले, ‘नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न र पर्यटन प्रवद्धन गर्नका लागि पर्यटन पत्रकार महासंघ शाखा कालीकोट र गाउँपालिकाको आयोजनामा पदयात्रा गरिएको हो ।’
त्रिवेणी पर्यटकीय स्थल हो, यसलाई पर्यटकीय पदमार्गका रुपमा विकास गर्न पदयात्राको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए । नेपालमा नै रहेर ओझेलमा परेको भुस्वर्गका रुपमा परिचित त्रिवेणी पाटनलाई विश्वसामु चिनाउनका लागि गाउँपालिका पदयात्रामा निस्किएको छ । नेपालकै पवित्र धार्मिक स्थल बढीमालिकाका फेदमा रहेको त्रिवेणी पाटको प्रचार प्रचार हुन नसक्दा ओझेमा परेको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सचिव पवित्रकुमार शाहीले बताए । उनले भने, ‘पर्यटनका हिसावले उत्कृष्ठ ठाउँ भएपनि यहाँको प्रचार हुन नसक्दा त्रिवेणी पाटक ओझेलमा पर्दै आएको छ ।’


सान्नित्रिवेणी गाउँपालिकाबाट करिव २ दिनको पैदलयात्रा पछि पुगिने भुस्वर्ग अहिलेसम्म पनि ओझेलमा परेकाले पर्यटन प्रवद्धनमा सहयोग पु¥याउनका लागि पदयात्रामा आएको पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य विष्णु न्यौपानेले बताए । उनले भने, ‘हामीले त्रिवेणीलाई पर्यटकीय गनत्व्यका रुपमा विकास गर्नका लागि पदयात्रा गरेका र्हौ ।’ गाउँपालिकाको पर्यटन प्रवद्धन गर्ने निति अनुरुपम नै कर्णाली प्रदेशमा नै पहिलो पटक पदयात्राको सूरुवाता गरेको नेपाल पर्यटन पत्रकार महासंघ कालीकोटका अध्यक्ष प्रेमराज सिम्खडाले बताए । उनले भने, ‘१२ वटा समथर पाटन रहेका छन्, समुद्धि सतहदेखि ३ हजार ४ सय ५४ मिटर अग्लोमा समथर पाटन हेर्नमा आर्कषित भएपनि यहाँको प्रचार प्रसार नभएकाले यी पाटन ओझेलमा परेकाले पर्यटकीय गन्त्व्यका रुपमा विकास गर्न पदयात्रा गरेका हौं ।’
‘त्रिवेणी पाटन आसपासमा रहेका ३२ वटा पाटनमा सयौं प्रजातिका फूल फुल्छन् ।’ यो क्षेत्रका ३२ वटा पाटनमध्ये १२ वटा पाटन कालिकोट क्षेत्रमा पर्ने र २० वटा बाजुरा क्षेत्रमा पर्दछन् । यस पाटनको आकर्षण भनेको जंगली जनवार हुन् । कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु यो क्षेत्रमा पाइने गर्दछन् । जडिबुटीका लागिसमेत त्रिवेणी क्षेत्र प्रख्यात रहेको छ । यो क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको छ ।