आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निशुल्क सेवा

कालिकोटः राष्कोट नगरपालिकाले स्वास्थ्य सेवालाई पहिलो प्रथामिकता राख्दै नगरमा एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाका ९ वटै वडाहरुमा सडक पुगेपछि नगरपालिकाले नगर एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको हो ।
नगर प्रमुख काशी बरालका अनुसार स्वास्थ्य सेवावाट कसैले पनि वञ्चित हुनु नपरोस र बिरामीहरुलाई छिटो छरितो सेवाको लागि नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेका हौँ । उनले भने, ‘विगतका दिनहरुमा गाउँमा न सडक थियो, न स्वाथ्य संस्थाहरु थिए ।’ हामीले पहिलो वर्ष सडकलाई प्रथामिकता राखी नगरका ९ वटै वडाहरुमा सडक पु¥यार्यौ । यो वर्ष सडको स्तरउन्नति, शिक्षा, स्वास्थ्लाई पहिलो प्राथमिकतामा राखेका र्छौ । प्राथमिकतामा परेको स्वास्थ्य अन्तरगत नगरमा एम्बुलेन्स सञ्चालनमा ल्याएका र्हौ । विगतका दिनहरुमा समयमै औषधि नपाएर धेरैले अकालमै ज्यान गुमाउनु परेको पीडालाई सम्झिदै बरालले पहिलो प्राथमिकता भनेकै एम्बुलेन्स भएको बताए । उहाँले सडक पुगेपनि अन्य वडामा नियमित सवारी साधन संचालन नहुदा विरामीले सास्ती खेप्नु पर्ने भएकाले नगरले विरामीका लागि एम्बुलेन्स सेवा दिन लागेको बताए ।


पहिलो वर्षमा नै खरिद गर्न खोजिएको एम्बुलेन्स सरकारी खरिद प्रक्रिया लामो हुने भएकालले अहिले मात्र जिल्ला भित्र्याउन सकिएको प्रमुख बरालले बताए । एम्बुलेन्स राजस्व छुट गरी १० लाख ९८ हजारमा खरिद गरिएको हो, प्रमुख बरालले भने । ‘जनताले दिएको भोटको कदर गर्दै जनताको आवश्यकतालाई ध्यान दिएर एम्बुलेन्स खरिद गरेका हौं’ उनले भने, ‘कयौ पटक आफ्नो गाउँपालिकाका स्वास्थ्य संस्थाबाट सुत्केरी व्यथा लागेर थलिएका महिलाहरु जिल्ला अस्पताल लैजादा नगरपालिकाको गाडि प्रयोग गरियो ।’ त्यसरी अस्पताल लिदा लिदै बाटोमै बच्चा जन्मिने, बढी रत्तश्राव हुने र विरामीलाई स्टेचरमा बोक्नु पर्ने बाध्यता हटाउन एम्बुलेन्स किनेका हौ ।
नगरपालिकामा एम्बुलेन्स संचालन गरिने प्रमुख बरालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकामा रहेका स्थानीय नागरिकको अवस्था हेरेर एम्बुलेन्सको शुल्क तोक्ने र्छौ, रकम तिर्न सक्ने लाई शसुल्क र आर्थिक अवस्था कमजोर भएका समाजमा पछाडि परेका नागरिकलाई निशुल्क सेवा प्रवाह गरिने छ ।’ जिल्लामा स्थानीय तहलाई एम्बुलेन्स खरिदमा होडबाजी चलेको छ । तिलागुफा नगरपालिका र पचाझरना गाउँपालिकाले यसभन्दा अगाडि १२ लाखमा एम्बुलेन्स खरिद गरिसकेको छ भने पलाता गाउँपालिका र सान्नित्रिवेणी गाउँपालिमा प्रक्रियामा गएकाछन् ।