तरकारी खेतीबाट फेरीयो जीवन

कालीकोटः जिल्लाको राष्कोट नगरपालिका–४ का ऐनबहादुर शाही (अपिल) को जीवनस्तर तरकारी खेतीबाट फेरीको छ । मौसमी तथा बेमौसमी तरकारी खेतीले राम्रै आम्दानी दिन थालेपछि शाहीको जीवन एका–एक फेरिएको हो ।
ऐनबहादुर शाहीलाई अहिले रास्कोट बजारमा तरकारी बेच्न भ्याई नभ्याई छ । राष्कोट बजारमा एका बिहानै तरकारी बेच्न ऐनबहादुर र उनकी श्रीमति पदमपुरा शाही विहानै बजार आएर अवेर घर फकिन्छन् । शाहीले उत्पादन गरेको तरकारीले रास्कोट बजारलाई पु¥याउस समेत गाहे भएको छ । ‘तरकारी खेतीले म आत्मनिर्भर बनेको छु,’ शाहीले भने, अहिले बजारमा बन्दा र काउली बेच्दै आएको छु ।’
मेहनत गरेर तरकारी खेती गरे कसैसँग ऋण सापट गर्न जानु पर्दैन र रोजगारका लागि खाडी मुलुकमा पसिना बेच्नु पर्दैन । मेहनत गरे घरका खेतबारीमै सुन फलाउन सकिने विश्वास उनको छ । आफ्नो धान रोप्ने खेतबाट तरकारी खेती सुरु गरेका शाहीले अहिले धानबाट भन्दा बढी फाईदा तरकारी खेतीबाट आउने गरेको बताए । तरकारी खेती गरेका ऐनबहादुरले अहिले बार्षिक ३ लाख भन्दा बढी रकम बचत गर्ने गरेको सुनाए । काउली, बन्दा, आलु, प्याज, भिडा, खुर्सानी, फर्सी लगायतका तरकारी उत्पादन गर्दै आएका शाहीले राष्कोटमै तरकारी पुगाउन हम्मे हम्मे भएको बताए ।
तरकारी खेतीबाटै उनले छोराछोरीको अध्ययन खर्च जुटाइ रहेका छन् । ‘धान लगाउने सबै खेतमा अहिले तरकारी खेती गरिरहेकी छु,’ उनले भने, रास्कोटमा तरकारीको अभाव र उत्पादनको सम्भावनालाई देखेर तरकारी खेती सुरु गरेका हुँ ।’ थोरै जग्गामा लगाएको तरकारीले सुरुमै राम्रो आम्दानी दिएपछि उनलाई व्यावसायिक रुपमा तरकारी खेती गर्ने जाँगर बढ्यो । र अहिले उनको तरकारी खेती फस्टाएको छ । ‘ज्ञान र सीप पाएपछि आफ्नो मेहनतले अघि बढ्छु’’ उनले भने, यस वर्ष तरकारी खेतीबाट ५ लाख रुपैयाँ कमाउने योजना छ । पहिले त पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने लाग्थ्यो तर अहिले यहीँ बसेर मेहनत साथ खेती गरियो भने विदेशको भन्दा बढी कमाइ गर्न सकिने रहेछ भन्ने अनुभव भएकाले अहिले आफ्नै ठाउँमा तरकारी खेती गरेर बसेको छु । शाहीले भने ।