सरकारबाट जनता आजित भए–शाही

कालीकोटः नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले सरकारबाट जनता आजित भइसकेको टिप्पणी गरेका छन् ।
नेपाली काँग्रेस कालीकोटले आयोजना गरेको कार्यकता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता शाहीले सरकारको कार्यशैलीप्रति जनता आत्तिसकेको दावि गरे । उनले कम्युनिष्ट सरकारबाट जनता आत्तिसकेकाले जनताले काँग्रेसको विश्वास मान्न थालिसेकेको बताए । तर त्यसका लागि कांग्रेस सुध्रिनुपर्नेमा समेत जोड दिए । जनताले कांग्रेसमाथि भरोसा गर्न थालेपछि काँग्रेसले पनि जनताको हितमा काम गर्नुपर्ने नेता शाहीको भनाई छ ।
काँग्रेसका शिर्ष नेताले विगतको आत्म समीक्षा गर्नुपर्ने सुझाव दिदैं उनले अनि मात्रै कांग्रेस सबैको भरोशायोग्य पार्टी बन्ने धारणा राखे । नेता शाहीले आगामी निर्वाचनका लागि अहिल्यैबाट कांग्रेस सशक्त हुनुपर्ने भन्दै आगामि निर्वाचनका लागि काँग्रेसका नेता जिल्लामा भन्दा पनि बढी गाउँतिर केन्द्रीत हुन आग्रह गरे । उनले पाटीका नेता गाउँगाउँमा गएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी सशक्त रूपमा खटिन निर्देशन दिए । जनताको बीचमा जान नसक्दा पार्टी कमजोर बनेकोले अब पनि त्यो गल्ती दोहो¥याउन नहुने नेता शाहीको भनाई छ । काँग्रेसको बिचार एकदमै राम्रो छ, शाहीले भने, ‘राम्रो बिचार भएतापनि पार्टीले जनताको हितमा काम गर्न नसकेर कमजोर बनेको हो ।’ उनले पाटीका कार्यकतालाई राम्रो कामको प्रशंसा गर्न र नराम्रा कामको खवरदारी गर्न अव काँग्रेसका नेता जागरुक हुनुपर्ने बताए ।


नेता शाहीले, आफुले पटक पटक प्रदेश सरकारका गलत क्रियाकलापहरुको संसदमा कुरा उठाइरहेकाले जिल्लाबाट पनि नेताले सरकारका गलत कामको खवरदारी गर्न आवश्यक रहेको औल्याए । बर्तमान सरकारले जनजिबिकासँग जोडिएका कुनै पनि काम गर्न नसकेकोले खबरदारि जरुरि रहेको शाहीको भनाई छ । दुई तिहाई बहुमतको सरकाले भ्रष्टाचारलाई संस्थागत रुपमा बिकास गरेको आरोप लगाए । यस सरकाले देश र जनताका लागि एउटा पनि राम्रो काम गर्न नसकेको भन्दै नेता शाहीले, ‘सरकाले काम भन्दा धेरै गफ मात्र गरेको छ ।’ नेता शाहीले आफु मन्त्रीहुँदा परिक्षण उडान गरेको सुनथराली विमानस्थलको काम रोक्नका लागि कालीकोटकै नेताहरुले पटक पटक पहल गरिरहेकाले अव कालीकोटे जनताले समेत यो कुरामा आवाज उठाउनुपर्ने बेला आएको बताए । उनले कालीकोटको विकासका लागि आफु र आफ्नो पाटी रातदिन लागिरहेको जनाए ।
कार्यकर्ता भेटघाट एवं अन्तक्रिया कार्यक्रमा बोल्दै काँंग्रेसका नेता एवं पूर्व सूचना तथा संचार राज्यमन्त्री तप्त विष्टले कांग्रेस भित्र व्यापक सुधारको खाँचो रहेको औंल्याए । उनले कालीकोट काँग्रेस कार्यकताले उठाएका जायज मुद्दाहरुको पक्षमा आफुहरु रहेको बताए । उनले अहिलेको सरकारले जनताका आवाज नसुन्ने भएकाले यो सरकारलाई सडकबाटै ढाल्नुपर्ने बेला आएको धारणा राखे । पूर्वमन्त्री विष्टले नेपाली काँग्रेसका पालामा निमार्ण थालिएका भौतिक पूर्वाधारलाई अहिलेको सरकारले नहेरेको आरोप लगाए । कालीकोट जिल्लाको लालु लैफु जोड्ने खुलालु नदिको पुल अहिलेसम्म पनि नबन्नु अहिलेको सरकार नेतृत्वको कमजोरी भएको बिष्टले बताए । उनले पालो सबैको आउने भएकाले अहिले सरकारको गतिविधिलाई जनताले राम्रोसंग बुझिसकेकाले आगामि निर्वाचनमा काँग्रेसलाई कसैले हराउन नसक्ने ठोकुवा गरे । सरकारको काम प्रति सरकारनै सन्तुष्ट नभएको भन्दै विष्टले आफु राज्यमन्त्री हुदा नै फ्रि वाईफाईको व्यवस्था गरेकाले अहिले देशका विभिन्न सरकारी मावि विद्यालय, स्थानीय तह, स्वास्थ्य कार्यालयलगायतका संस्थामा वाईफाई फ्रि भएकाले काँग्रेसले आफुले गरेका कामको सहि प्रचार प्रसार गर्न नसकेर पनि पछाडि परेको उनको धारणा थियो । नेपाली काँग्रेस जिल्ला कार्यसमिति कालीकोटका सभापति हर्षबहादुर बमको सभापतित्वमा भएको कार्यक्रमा नेपाली काँग्रेसका नेता कालीबहादुर सहकारी, महाधिवेशन प्रतिनिधिलगायतका भातृ तथा सुभेच्छुक संगठनका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो ।