सर्वपक्षीय सर्वदलिय बैठक सम्पन्न

 

कालीकोटः जिल्लाको राष्कोट नगरपालिकामा सर्वपक्षिय सर्वदलिय बैठक सम्पन्न भएको छ । असोज ३ गते परेको संविधान दिवस, भर्दौ २७ गतेदेखि सुरु हुने राष्कोट सास्कृति मेलालाई व्यवस्थित बनाउनका लागि सर्वपक्षिय सर्वदलिय बैठक सम्पन्न भएको हो ।
राष्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालको अध्यक्षतामा भएको सर्वपक्षिय बैठकमा असोज २, ३, ४ गते संविधान दिवस भव्य रुपमा मनाउने, अन्तरमावि बतृत्वकला आयोजना गरि अन्तरपालिका स्तरीय बतृत्वकला मा भाग लिने, घरघरमा दिपावली मनाउने, बृक्षारोपण गरि संविधान दिवस मनाउनका लागि सर्वपक्षिय सर्वदलिय बैठक बोलाएको बताउनुभयो । उहाँले अवदेखि २ महिनाको अन्तरालमा नगरपालिकाले गरेका काम कार्वाहीलाई सर्वपक्षिय सर्वदलिय बैठक मार्फत जानकारी दिने समेत प्रतिवद्धता गर्नुभएको छ ।
साथै सर्वपक्षिय बैठकले परम्परागत रुपमा मनाउदै आएको राष्कोट मेलालाई व्यवस्थित गरि राष्कोट सास्कृतिक मेला सान्तिपूर्ण ढंगले सम्पन्न गर्न सवैलाई सहयोग गर्न आग्रह गरिएको छ । सर्वपक्षिय बैठकमा रास्कोट कला संस्कृति साहित्य प्रतिष्ठानका सल्लाहकार नेत्रराज शाहीले डाडामाडुको जात्रा परापुर्वक कालदेखि मनाइर्दै आएकाले केही परिवर्तन गर्न थालिएको बताउनुभयो । उहाँले सामान्य मेला प्रख्यात भएकाले राष्कोटको यो मेलाको नाम देशैभर चिनाउनका लागि रास्कोट सास्कृतिक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सर्वपक्षिक बैठकमा रास्कोटमा हुने रास्कोट सास्कृति मेला र संविधान दिवस मनाउनका लागि सम्पूर्ण सरोकारवालाहरुले साथ दिने प्रतिवद्धता जनाएका छन् ।