नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान सुरु

कालीकोटः नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान मङ्गलबारबाट कालीकोटमा सुरु भएको छ । काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर देशभरि एकै पटक सुरु भएको जागरण अभियान कालीकोटमा पनि सुरु भएको छ ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र २ को राष्कोट नगरपालिकामा एक औपचारीक कार्यक्रमको आयोजना गरि जागरण अभियानको सुरुवात गरिएको छ । नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति दमनबहादुर शाहीको अध्यक्षता तथा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति हर्षबहादुर बमको प्रमुख आतिथ्यता र नेपाली काँग्रेसका पूर्व सांसद एवं केन्दीय प्रतिनिधि रिता शाहीको विशेष आतिथ्यतामा जागरण अभियानको सुरुवात गरिएको छ ।
जागरण अभियानमा बोल्दै प्रमुख अतिथि एवं नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका सभापति हर्षबहादुर बमले दोस्रो चरणको जागरण अभियानमा नेताले भाषण भन्दा पनि जनतासंग गएर अन्तरक्रिया गर्ने, सम्वाद गर्नका लागि जागरण अभियान थालिएको बताए । उनले दुई तिहाईको सरकारले सरकारको नेतृत्व गरेपनि यो सरकारले संघिय संविधान अनुसार काम गर्न नसकेको धारणा राखे । उनले स्थानीय सरकार प्रदेश सरकार र संघिय सरकारले भ्रष्टाचार निर्मुल पार्न तिर ध्यान नदिएको आरोप लगाए ।
जागरण अभियान उद्घाटनमा बोल्दै विशेष अतिथि केन्द्रीय प्रतिनिधि रिता शाहीले संघियतालाई कार्यान्वय गर्नुपर्ने बताइन् । उनले देशमा हरेक परिर्वतन नेपाली काँग्रेसको अगुवाईमा भएको दावि गरिन् । नेपाली काँग्रेस गुट उपगुटमा गएको कुरा जताततै फैलिएकाले काँग्रेसभित्रको आन्तरिक द्धन्द्ध छैन भनेर देखाउनका लागि जागरण अभियान सुरुवात भएको उनको भनाई थियो । उनले सिहदरवारको अधिकार गाउँगाउँमा भन्नुभन्दा पनि सिहरुको भ्रष्टाचार गाउँगाउँमा गरेकाले यसको प्रदाफास गर्न जागरण अभियान थालिएको बताइन् । अहिलेको दुइ तिहाइको सरकार काण्डै काण्डमा मुछिएको बताइन् । नेपालका प्रधानमन्त्री केपीशर्मा वलीपनि संघियाताको विरुद्धमा लागेकाले यसको संरक्षण गर्न काग्रेसले जागरण अभियान थालेको उनको भनाई थियो ।
जागरण अभियानमा काँग्रेस नेता दानबहादुर बम, शुसीला शाही, मिनबहादुर बोगटी, भानुभक्त संज्याल, अशोकनाथ योगी, भावना शाही, धुव्रविक्रम शाही लगायतले आफ्नो भनाई राखेका थिए ।