असारमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता भर्दौमा

कालीकोटः जिल्लाको राष्कोट नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को अन्तिम किस्ता बाफतको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
कालीकोटको उत्तरी क्षेत्रमा पर्ने राष्कोट नगरपालिकाले तेस्रो चौमासिक वाफत असारमा दिनुपर्ने सामाजिक सुरक्षा भत्ता भर्दौ अन्तिममा दिएको छ । असारमा पाउनुपर्ने अन्तिम किस्ता बाफर्तको सामाजिक सुरक्षा भत्ता वितरण विविध कारणले रोकीएको थियो । घर नजिकको सरकारले समाजिक सुरक्षा भत्ता वापतको रकम बैक खातामै जम्मा गरिदिएपछि अहिले सामाजिक सुरक्षा भत्ता लिनको लागी बैकहरुमा भिड लागेको छ ।
जिल्लाको राष्कोट नगरपालिकाले सामाजिक सुरक्षा वापतको रकम वैकमा जम्मा गरेपछी अहिले वृद्धवृद्धा देखी अंपागसम्म वैंक धाउन थालेको छन । नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ को अन्तिम चौमासिक सुरक्षा भत्ता वापतको रकम वैकका जम्मा गरिसकेको जानकारि गराएपछि अहिले रकम भुत्तानी लिनेको बैंकमा भिड रहेको छ । नगरपालिकाले नगरमा रहेका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकका खातामा रकम जम्मा गरिसकेपछि राष्कोट नगरपालिकामा रहेको ग्लोबल बैंकमा अहिले नागरिकको भिड लाग्ने गरेको छ । अहिले सामाजिक सुरक्षा भत्ता वैकिङ प्रणालीमार्फत वितरण गर्न थालिएपछि नगरमा भत्ता लिने महिला पुरुषहरुले सामाजिक भत्ता सुरक्षित भएको जनाएका छन् । साविकका गाविसबाट वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता लक्षित समुहसम्म नपुगिकनै दुरुपयोग भएको पाइएपछि स्थानीय तह निर्वाचनपछि राष्कोट नगरपालिकाले बैंक माफर्त सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको थियो ।
हिडेर बैंक सम्म आउन सक्ने मान्छेलाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण राम्रो भएको राष्कोट नगरपालिका वडा नं १ का ६४ वर्षिय रंगे तिरुवाले बताए । उनले भने, ‘हिडेर नगरपालिकामा रहेको बैंक सम्म पुग्न सक्ने बृद्धहरुलाई सामाजिक सुरक्षा भत्ता बैंक मार्फत दिनु राम्रो हो । हिडेर बैंकमा आउन नसक्नेका लागि त समस्या नै भइरहेको छ ।’ त्यस्तै राष्कोट नगरपालिकाका वडा नं. ९ की ८१ वर्षिया धनकला लुहारले छोराको साहारामा सामाजिक सुरक्षा भत्ता लिन बैंक सम्म आउन सकेको बताए । उनले आफु हिड्न नसक्ने भएकाले पहिलको वितरण प्रणाली ठिक भएको बताए । उनले भने, ‘अहिलेभन्दा पहिले नै ठिक थियो, सचिवले घरमै गएर भत्ता दिदा छिया ।’ अहिले वडामा सडक पुगेको छ, तर नियमित गाडि संचालन नहुँदा आफुलाई हिडेर बैकमा पुग्नै धौ धौ हुने गरेको छ । छोराको साहारामा भत्ता लिन बैंकसम्म आउन सकेकी र्हौ ।
बैंकका कर्मचारीले आदर गर्छन् गार्डले थर्काउछन्
राष्कोट नगरपालिमा रहेको ग्लोबल बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका अधिकाँश सेवाग्राहीसंग बैंकमा कार्यरत कर्मचारीले बैंक भित्र आदर–सम्मान गरेपनि बैंकका गार्डले सधै च्यानल गेटमा थर्काउने गरेको पाइएको छ । राष्कोट नगरपालिकाकामा कार्यरत बैंक गार्ड अनरुप विकले सामाजिक सुरक्षा भत्ता लिन आएका बृद्धहरुलाई बैंकको ढोकामा उभ्याएर सास्ती दिने गरेका हुन् । सेवाग्राहीलाई गेटमै घण्टौ सम्म उभ्याउने गरेका छन् । विहान १० बजेदेखि बैंकिङ कारोवार सुरु भएपनि बैंकका गार्डले १० बजेर ५ मिनेट जादा पनि सेवाग्राहीलाई च्यानल गेटभन्दा भित्र जान दिएका थिएनन् ।