नेकपा वडा सदस्य सहित ९ जना जुवाडे पक्राउ

कालीकोटः जिल्ला प्रहरी कार्यालय कालिकोटले जुवाको खालबाट ५७ हजार नगद सहित ९ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला सदरमुकाम मान्म बजारमा अबैध जुवा खेल्ने दैलेख घर भई कालिकोटमा व्यवसाय गर्ने ६ जना र जिल्ला भित्रका स्थानीय ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी निरीक्षक यज्ञराज जोसीले मान्म बजारबाट जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको जानकारी दिए । जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ४ का वडासदस्य ध्वजबहादुर शाही सोही गाउँपालिका वडा नं २ का वडासदस्य गाविन्द विसी रास्कोट नगरपालिका वडा नं. ८ निवासी मोहन न्यौपाने, दैलेख जिल्लाको साविकको कालभैरव गाविस वडा नं. ६ का तिर्थबहादुर सुनार, कासीराम सुनार, हिरे सुनार, श्री सुनार, टिकाराम सुनार र बमबहादुर सुनार पक्राउ परेका हुन् ।
जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारी जुवाडे सहित ५७ हजार १० रुपैया नगद पनि बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी श्यामबाबु ओलीयाले बिजया दशै तथा तिहारलाई लक्षित गरी अबैध जुवा तास खेल्नेहरुका बिरुद्ध कडा निगरानी बढाईएको बताए । उनले चार्डबाडलाई लक्षित गरी जिल्लाको शान्ति सुरक्षा तथा सामाजिक अपराधहरु न्यूनिकरणका लागि प्रहरीले बिशेष अभियान थालेको जानकारी दिए । उनले भने, दशै र तिहारमा हुने जुवा तास लगायतका गतिबिधिहरुमा पुर्ण रुपमा बन्द गर्छौ । जुनसुकै समयमा प्रहरीले गलत कार्य गर्ने जोसुकै व्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्छ । उनले प्रहरी कुनै पनि किसिमको दबाब र भनसुनको प्रभावमा नपर्ने दाबी गरे ।