७ बैशाख २०८१, शुक्रबार

बाल दिवस मनाईयो


कालीकोटः ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ कालीकोटमा पनि राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाइएको छ ।
खाडाचक्र नगरपालिकाको आयोजना, सेभ द चिल्ड्रेन जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कालीकोटको समन्वय तथा रेडियो नयाँ कर्णालीको सहजिकरणमा बाल दिवसको अवसरमा बालकचहरी गरिएको छ । गुणस्तरी शिक्षा, बाल विवाह न्युनिकरणका लागि बाल दिवसका अवसरमा बाल कचहरी संचालन गरेको छ । कचहरीमा बाल विवाह हुनुका कारण, रोकथामका उपाय, सरोकारवाला निकायको जिम्मेवारी र बालबालिका स्वयमको भुमिकाबारे खुल्ला छलफल गर्न बाल कचहरीको आयोजना गरिउको हो । कालीकोट जिल्लाका अधिकाँश विद्यार्थीहरुले गुणस्तरी शिक्षा नपाएको र बालविवाहका घटना बढ्दै गएको गुनासो आएकाले बाल कचहरी सुरु गरिएको हो । कानुनी रुपमै अपराधका रुपमा रहेको बाल विवाहलाई अन्त्यका लागि गाउँ तहबाट अभ्यास थालनी गर्नका लागि बाल कचहरी गरिएको छ ।
बाल कचहरीमा संविधान सभा सदस्य तुलाराज विष्ट, खाडाचक्र नगरपालिकाका प्रमुख जसी प्रसाद पाण्डे, उपप्रमुख विजया विष्ट, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, प्रहरी प्रमुख श्यामबाबु ओलीया, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख महेश देवकोटा लगायतको सरोकारवालाको सहभागितामा जिल्ला समन्वय समितिको सभाहलमा भएकोबाल कचहरीमा आएका विद्यार्थीहरुले सरोकारवालाहरुलाई गुनासै गुनासो पोखेका छन् । बालकचहरीमा सहभागि बालबालिकाले महिनावारी हुदा विद्यालय जान नपाउने, बाटो हिलाम्मे हुदा पढाईमा समस्या, जिल्लाको सदरमुकाममा नै बालश्रम व्याप्त छ, नेपाल सरकारले निशुल्क शिक्षाको व्यवस्था गरेपनि अधिकाँश विद्यालयले विद्यार्थीबाट शुल्क लिने गरेको, विद्यालयमा शौचालयको अभाव, कक्षा कोठाको अभाव, कम्प्युटर कक्षा अनिवार्य भनिएको छ कम्प्युटर देख्न पाएका छैनौ, नगरका भौतिक संरचनाहरु बालमैत्री निमार्ण नहुने, विद्यालयमा नियमिति पढाई नहुने लगायतका प्रश्न राखेका थिए ।
बाल कचहरीको सुरुमै जनजीवन माध्यामिक विद्यालय, ताडीकी छात्रा कृष्णा बमले नगरप्रमुख जसीप्रसाद पाण्डेलाई मान्मबजारदेखि ताडीसम्मको बाटोमा जाडा विद्यालयको डे«स विग्रन्छ, त्यो बाटो बनाउन बजेट नभएको होकी भएको बजेट जनताले खाए ? त्यसलगत्तै जनजीवन माविका छात्र अशोक उपाध्यायले अघिल्लो बर्षको बालकचहरीमा मान्मका होटल व्यवसायीहरुले बाल श्रम गराएको पाइएमा कार्वाही गर्ने उक्त होटलमा चिया पनि नखाने भन्नुभएको थियो अहिले नगरपालिकाको अगाडि रहेको होटलमा बालबालिका कडा श्रम गरिरहेका छन् त्यही होटलको चिया खान तपाईलाई लाज लागेन ? उनको प्रश्न लगत्तै जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख महेश देवकोटालाई जनजीवन माविमा कक्षा ९ मा अध्ययनरत छात्र प्रकाश बराले प्रश्न गरे राज्यले निशुल्क शिक्षा प्रदान गर्ने भनिरहेको छ जिल्लामा सामुदायिक विद्यालयहरुले किन शुल्क उठाइरहेका छन् ? उनको प्रश्न लगत्तै महादेव आधारभुत विद्यालयका छात्र मनोज शाहीले विद्यालयमा प्रयाप्तमात्रामा शौचालय छैन, विद्यार्थीका लागि कक्षा कोठाको अभाव छ, भएका कोठा साघुरा छन्, गुणस्तरी शिक्षा कार्यम होला त मेयर ज्यू ?
उनको प्रश्न सकिन नपाउँदै अर्की छात्रा हेलेन शाहीले प्रश्न गरि प्राथमिक उपचारका लागि नगरका प्रत्येक विद्यालयमा स्वास्थ्यकमी राख्न सकिन्छ की यसको बारेमा नगरले केही सोचेको छ ? कचहरीमा खाडाचक्र नगरपालिकाका विभिन्न विद्यालयका करिव २ सय भन्दा बढी बालबालिकाहरु सहभागि भएका थिए ति मध्ये अधिकाँश बालबालिकाले विभिन्न प्रश्न उठाएका थिए । ती मध्ये सवैभन्दा बढी प्रश्न नगरप्रमुख जसीप्रसाद पाण्डेलाई गरेका थिए सवैको प्रश्नको जवाफ दिदै नगरप्रमुख पाण्डेले विस्तारै सवै समस्याको हल हुदै जाने बताएका थिए । बाल श्रम घटाउने र चेतनामूलक अभियान चलाउनेदेखि लिएर प्रत्येक विद्यालयको अनुगमन गरि दोषि भएमा कार्वाही गर्ने सरोकारवालाहरुले साझा धारणा राखेका छन् । यस्तै जिल्लाको पचालझरना गाउँपालिकामा रहेको कालीका मावि खयरकोटले पनि बाल दिवस मनाएको विद्यालयले ¥याली सहित गाउँ परिक्रममा गरि सदन हाजिरीजवाफ प्रतियोगी गता गरि मनाएको त्यहाबाट नारायण संज्यालले जानकारी दिए ।