७ बैशाख २०८१, शुक्रबार

प्रतिष्ठानको अध्यक्षमा बुढा



सुर्खेत । कला, साहित्य संस्कृतिको जगेर्ना गर्न स्थापित राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशन रामबहादुर बुढाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले बिगत लामो समय देखि कला संगितमा योगदान दिदै आएका बुढाको अध्यक्षतामा नयाँ समितिको चयन गरेको हो ।

समितिको बरिष्ट उपाध्यक्षमा हरिमाया कार्की, प्रथम उपाध्यक्षमा अबिशेक अनुराग, द्धितिय उपाध्यक्षमा मोहनबिक्रम शाही, महिला उपाध्यक्षमा तुल्सि शाही, सचिवमा रेशम वली, कोषाध्यक्षमा रेखा कोइराला, सहसचिवमा सुकदेब अधिकारी र तेजेन्द्र गिरीलाई जिम्वेवारी दिइएको छ । यसैगरी प्रतिष्ठानको सदस्यहरुमा अर्जुनप्रसाद सुवेदी, ज्ञानबहादुर नेपाली, धनबहादुर घर्ति, कुलबहादुर वली, रंग बिरही कार्की, सृजना परियार, केशर थापा, जस्टेन परियार र याम थापा रहनु भएको छ ।

निर्बाचित अध्यक्ष बुढाले प्रदेशको कला, सँस्कृति र साहित्यको उत्थानमा अझै सक्रिय भएर लाग्ने जिम्वेवारी थपिएको प्रतिक्रिया दिनुभयो ।