१३ बैशाख २०८१, बिहीबार

काँग्रेसका केन्द्रीय सदस्य थापाद्धारा उद्घाटन गरिने


कालीकोटः नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा कालीकोट आउने भएका छन् । जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा आयोजित त्रिवेणी गोल्ड कपको उद्घाटन गर्नका लागि काँग्रेसका केन्द्रीय सदस्य थापा कालीकोट आउने भएका हुन् ।
गतवर्ष वडाध्यक्ष गोल्डकपको आयोजना गरेको सान्नित्रिवेणीले अहिले दशै तिहारको शुभकामना आदान प्रदान तथा त्रिवेणी गोल्डकपको आयोजना गर्न लागेको सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ का अध्यक्ष नरेश बमले बताए । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सान्नित्रिवेणी गाउँपालिकाले जिल्लामा दोस्रो पटक गोल्डकपको आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
यसपटकको गोल्डकपमा नाम परिर्वतन गरिएको जिल्लामा पहिलो प्रदेशमै पहिलो पटक वडाध्यक्ष गोल्डकपको आयोजना गरेको वडा नं ५ ले यस पटक भने गाउँपालिकाकै नाममा त्रिवेणी गोल्डकपको आयोजना गर्न लागेको बमले बताए । उनले भने, ‘अहिलेको युवा पुस्ता खेलकुदमा रुचि राख्ने भएकाले आफु निर्वाचित भइसकेपछि प्रत्येक वर्ष गोल्डकपको आयोजना गर्दै आएको छु ।’ खेलकुदले मान्छे स्वस्थ हुने भएकाले खेल जीवनमा अपरिहार्य भएकाले यस पटक त्रिवेणी गोल्डकपको आयोजना गर्न लागेको छु । गोल्डकपको उद्घाटन गर्न काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापा प्रमुख अतिथिका रुपमा कालीकोटको सान्नित्रिवेणी आउन लागेका छन् । असोज २७ गतेदेखि सुरु हुने गोल्डकपको तयारीमा लागेकाले सवैले साथ दिनुपर्ने बमले बताए । उनले भने, ‘गत वर्ष पहिलो वर्ष भएकाले सोचे जती गर्न सकिएन यस पटक सवैको साथ सहयोगले राम्रै हुन्छ सोचेको छु । तपाईहरुको साथ चाहिएको छ ।’


सान्नित्रिवेणीमा भलिबल खेलको स्तरोउन्नतीका साथै बिकास गर्नका लागि आफुहरुले दोस्रो त्रिवेणी गोल्डकपको आयोजना गर्न लागेको बमले बताए । त्रिवेणी गोल्डकप प्रतियोगीताले खेलाडीको मनोबल बढ्ने तथा खेलको पनि बिकास हुने भएकाले असोज २७ गतेदेखि भलिवल प्रतियोगीताको आयोजना गर्न लागेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष एवं चर्चित भलिबल खेलाडि जीवनबहादुर शाहीले बताए । उनले भने, ‘ कालीकोटमा भलिवल प्रति युवाहरुको रुचि भएको र यस्ता खेलले खेलाडीहरुलाई प्रोत्साहन गर्ने छ ।’
उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५१ हजार १ सय ११ दृतिय हुनेलाई ७७ हजार ७ सय ७७ र तृतिय हुने टिमलाई ४४ हजार ४ सय ४४ रुपैया राशिको पुरस्कार रहेको छ । स्विसबेलको सभाहलमा भएको पत्रकार सम्मेलनमा व्याटमिन्टन संघका अध्यक्ष भरतराज विष्ट, पत्रकार रत्न कार्की लगायतका जिल्लाका पत्रकारसहित खेलाडिहरुको उपस्थिति रहेको थियो ।