१४ बैशाख २०८१, शुक्रबार

तिलागुफाको सरसफाई


कालीकोटः जिल्लामा रहेको तिलागुफाको सरसफाई गरिएको छ । पर्यटन दिवसको अवसरमा कालीकोटको बहुँचर्चित पर्यटकीय क्षेत्र तिलागुफाको सरसफाई गरिएको हो ।
विश्व पर्यटन दिवसको अवसरमा नेपाल युवा परिषदको आयोजना तिलागुफा नगरपालिका र डिभिजन वन कार्यालय कालीकोटको समन्वयमा सरसफाई गरिएको हो । कालीकोट जिल्लालाई पर्यटकिय क्षेत्र बनाउका साथै पर्यटन प्रवद्धनका लागि सरसफाई कार्यक्रमको आयोजना गरिएको नेपाल युवा परिषदका सदस्य तथा जिल्ला संयोजक ममता अधिकारीले बताइन् । उनले भनिन्, ‘कालीकोट जिल्लाको तिलागुफा पर्यटकीय क्षेत्र भएपनि यसको संरक्षण र प्रवद्धन हुन नसक्दा ओझेलमा परेको छ, अव नगरपालिकाको सहयोगमा नेपाल युवा परिषदले यसको प्रचार प्रसारका लागि भुमिका खेल्ने छ ।’
पर्यटन दिवसका दिनमा नेपाल युवा परिषदले देशका ७७ वटै जिल्लाका पर्यटकीय क्षेत्रको सरसफाई गर्ने कार्यक्रम अनुसार कालीकोटको तिलागुफा नगरपालिकामा रहेको गुफाको सरसफाई गरिएको अधिकारीले बताइन् ।


सरसफाई कार्यक्रममा उपस्थित तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले यसको प्रचारप्रसारका लागि आग्रह गरे । कर्णालीको पर्यटकीय क्षेत्र रारा जाने अधिकाँश पर्यटकले तिलागुफा हेर्न पाउने भएकाले यसको प्रचार प्रसार हुन नसकेको स्विकार गरे । तिला नदिको छालमा नै रहेको गुफाको प्रचार प्रसारका लागि नेपाल युवा परिषदले खेलेको भुमिका अतुलनिय रहेको प्रमुख शाहीले बताए । उनले, आगामी दिनमा नेपाल युवा परिषद्सँग सहकार्य गरेर काम गर्ने साथै युवाहरूको योगदानको बारेमा खुलेरै प्रंशसा गरेका थिए ।
कार्यक्रमको मुल उद्देश्य पर्यटन स्थलहरुलाई प्रबन्ध गने र सबैले आफ्ना वरपरका सम्पदा सफा राख्नु र तिलागुफालाई विश्व सम्पदामा राख्न मन्त्रालय र प्रदेश सरकार समक्ष डेलिगेसन जाने र यसलाई सफल बनाउन युवाको साथ चाहिने प्रमुख शाहीले बताए ।