६ बैशाख २०८१, बिहीबार

कर्णालीमा पहिलो पटक मनाइयो शौचालय दिवस


कालीकोटः सबै नागरिकलाई सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न स्थानीय सरकारसँग माग गर्दै कर्णालीमा पहिलो पटक विश्व शौचालय दिवस मनाइएको छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाले विश्व शौचालय दिवस मनाएको हो ।
सेफ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीमा संचालित सुभारम्भ परियोजना अन्तरर्गत तिलागुफा नगरपालिकामा शौचालय दिवस मनाइएको हो । संचार सुविधानका हिसावले पछाडि परेको तिलागुफा नगरपालिकाले गैरसरकारी कार्यालयको सहयोगमा शौचालय दिवस मनाइएको हो । नगरपालिकामा रहेका ० देखि ३ वर्षका बालबालिकाहरुको स्वास्थ्य तथा पोषण, प्रारम्भिक उत्प्रेणा र वाल संरक्षण सम्बन्धि बालवालिकारुको तेजिलो मस्तिष्क वृद्धि गर्नका लागी तिलागुफा नगरपालिका विभिन्न वडाहरुमा मनाइएको हो ।
तिलागुफा नगरपालिकाका स्थनीयले सबै नागरिकलाई शौचालयको उचित व्यवस्था गर्न आफ्नो सरकारसँग माग गरेका थिए । स्थानीय तहलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेकाले त्यसलाई कार्यान्वयनमा लैजान सबै नागरिकका लागि प्रयोगमा आउने गरी सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न नागरिकको माग छ । महिला र अपांगलगायतका सबै नागरिकका लागि आवश्यक सार्वजनिक शौचालयको व्यवस्था गर्न आग्रह गरेका छन् । वातावरण प्रदुषण हुन नदिन दिसापिसावहरुको प्रशोधन गर्ने उपयुक्त प्रणालीको विकासमा ढिलाई नगर्नु पर्ने नागरिकको माग छ । नागरिकको स्वास्थ्यको लागि पनि शौंचालयको सरसफाईमा जोड दिनुपर्ने भएकाले घरघरमा शौंचालयको सरसफाई गर्न जोड दिँदै यस वर्षको विश्व शौचालय दिवस मनाइएको सुभारम्भ परियोजनाका संयोजक सन्ध्या सुवेदीले बताइन् ।
शौचालयको उचित सरसफाई तथा उचित प्रयोग गरीएमा झाडापखला, टाईफाईड, कुपोषण तथा अन्य रोगहरु वाट बालवालिका लगायत स्थानीय समुदायहरु सुरक्षित रहने भएकाले कर्णालीमै पहिलो पटक शौचालय दिवस मनाएको सुवेदीले जानकारी दिइन् । शौचालय दिवसले तिलागुफा नगरपालिकाका करिव ४ हजार २ सय ३० जना नागरिक लाभाम्वित भएका छन् ।
तिलागुफा नगरपालिका खुल्ला दिसामुक्त नगर घोषणा भएको भएपनि त्यसका लागि आवश्यक सार्वजनिक शौचालयको व्यवस्था नगरेकोमा नागरिक समाजका अगुवाहरुको असन्तुष्टि छ ।