८ बैशाख २०८१, शनिबार

जुम्लामा आगलागी, २४ कोठे घर जलेर नष्ट


जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका-२ मा आगलागी भएको छ। आगलागीबाट विष्णु भण्डारीको २४ कोठे घर पूर्णरूपमा जलेर नष्ट भएको हो।
बिहान ११ बजेतिर लागेको आगो नियन्त्रणमा लिन कठिनाइ भएका कारण घर पूर्णरूपमा जलेर नष्ट भएको हो।
आगलागी भएको स्थानसम्म जाने बाटो नभएका कारण चन्दनाथ नगरपालिकाको दमकल आगो नियन्त्रणका लागि जान नसकेको हो। ‘दामकललाई आगो लागेको ठाउँसम्म पुग्न झण्डै आधा घण्टा लागेको थियो। सुरक्षाकर्मीले घरपछाडि रहेको प्रखाल भत्काएपछि दमकल पुगेको हो। भण्डारीको उक्त घरका सबै कोठा भाडामा दिएका थियो। उक्त घरमा कर्णाली प्राविधिक शिक्षालय र विभिन्न संस्थामा आबद्ध कर्मचारी भाडामा बस्ने गरेका थिए। उक्त घर भाडामा लियर बसेकाहरूको प्रत्येको कोठामा ग्यासिलिन्डर र उज्यालोको लागि राखिएका सोलारका ब्याट्री भएका कारण आगो नियन्त्रणमा लिन हाम्मे परेको हो।
आगो नियन्त्रणका लागि खटिएका नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी कोठामा भएका ग्यास पट्किएको आवाज आउन थाले त्रसित भएका थिए। लगतार १२/१३ वटा ग्यास सिलिन्डर पट्केपछि दमकलबाहेक अरू कसैले पनि आगो नियन्त्रण गर्ने प्रयास नगरेका हुन्। सबै कोठा काठको भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको हो। घर पूर्णरूपमा जलेपछि कर्मचारीहरूका कागजपत्रसहित सबै सम्मान जलेर नष्ट भएका छन्।