७ बैशाख २०८१, शुक्रबार

२०५४ सालमा निर्वाचित वडाध्यक्ष सहित एक दर्जन नेकपा कार्यकता काग्रेसमा प्रवेश


कालीकोटः जिल्लामा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेहरुको लहर नै चलेको छ । सत्ताधारी नेकपा र अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने पुराना नेतादेखि युवाहरुको लर्को लागेको हो
नेपाली काँग्रेस पचालझरना गाउँ कार्य समितिले आयोजना गरेको बृहत आमसभामा सत्तारुढ दल नेकपा भ्रष्ट भएको भन्दै सो दलमा क्रियाशील जिल्लाका युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । जिल्लाका नव प्रवेशीलाई नेपाली काँग्रेसका पार्टी सभापति हर्षबहादुर बम र क्षेत्रीय सभापति दमनबहादुर शाहीले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । पचालझरना गाउँपालिकाको साविकको नानिकोट बदालकोट राम्नाकोटका युवाहरुको प्रवेशले काँग्रेसमा नयाँ उर्जा थपेको र उनीहरुको व्यवस्थापन गर्ने कार्यलाई पाटीले नया रणनीति तय गरेर जिम्मेवारी दिइने पाटी सभापति हर्षबहादुर बमले बताए ।


२०५४ सालमा पूर्व नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हर्कबहादुर शाहीलाई पार्टीले विशेष जिम्मेवारी दिइने सभापति बमले बताए । उनले गाउँ कार्यसमितिमा मनोनित गरि गाउँमा संगठन विस्तारमा लगाउन निर्देशन दिइसकेका छन् । सभापति बमले कम्युनिष्टहरुको काम जनता ढाँट्ने, छल्ने, मिठा मिठा सपना देखाउने भएकाले अब जनताले कम्युनिष्टलाई राम्रैसँग चिनेको धारणा व्यक्त गरे ।
दुई तिहाईको कम्युनिष्ट सरकार भए पनि जनचाहना, जनअपेक्षा अनुसार काम नभएको, अरवौ रुपैयामा भ्रष्ट्राचार बढेको, केन्द्रदेखि प्रदेशसम्म कमिशनतन्त्र बढेकाले अब काँग्रेस पार्टी रोज्नुको विकल्प नरहेको क्षेत्रीय सभापति दमनबहादुर शाहीले बताए ।
जनतामा भरोसा र आश्वासन दिएर सत्तामा पुगेपनि जनताको लागि नभएर केही भ्रष्टहरु व्यक्तिका लागि मात्र काम गरेकाले आफु नेकपामा अटाउन नसकेको वडाध्यक्ष हर्कबहादुर शाहीले बताए ।


पार्टीले भरोसा दिलाउन नसकेपछि आफुले लोकतान्त्रीक पाटी रोजेर प्रवेश गरेको पूर्व नेकपा एमालेका क्षेत्रीय उपाध्यक्ष ऐनबहादुर शाहीले बताए । पचालझरना गाउँ कार्य समितिले आयोजना गरेको आमसभाको अवसरमा नेकपाका नेता लोकेन्द्रप्रसाद संज्याल, जन्मजय संज्याल, नयरुद्ध न्यौपाने, भरत संज्याल, मिना दर्जि, धनबहादुर सार्की, धनराम्या सार्की लगायतका नेकपाका कार्यकताले काँग्रेसमा प्रवेश गरेका हुन ।