१४ बैशाख २०८१, शुक्रबार

झोलुङ्गे पुल जीर्ण हुँदा कर्णाली वारपार गर्न समस्या


कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिका जोड्ने कर्णाली नदि जितेबजारमा रहेको झोलुङ्गे पुल जिण बनेको छ । झोलुङ्गे पुलमा रहेको जाली च्यातिएपछि कुनै पनि निकायले मर्मतका लागि ध्यान नदिँदा अहिले पुल जिर्ण बनेको हो ।
खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिका जोड्ने उक्त पुलमा लगाइएको फलामेजाली च्यातिएपछि यहाँ हिड्ने नागरिकहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । दैनिक सयौको संख्यामा नागरिकहरुले वारपार गर्ने गरेका छन् भने पाँच सयभन्दा बढी मोटरसाईकहरुले यो पुल भएर कर्णाली करिडोर र कर्णाली राजमार्गमा आउने गरेका छन् ।
कर्णाली करिडोर संचालनमा आएपछि मोटरसाईकल यात्रुहरुले यही झोलुङ्गे पुल भएर जाने भएकाले यो पुल जिर्ण भएको हो । भवन निमार्णका लागि चाहिने सामाग्री होस अथवा अन्य केही सामाग्री पनि यहि पुलको साहाराले कर्णाली वारी तार्नुपर्ने बाध्यता रही आएको छ । यो पुल जिण भएपनि सम्बन्धित निकालेले मर्मतका लागि चासो नदिएको प्राविधिक रमेश सुवेदीले बताए । उनले भने, ‘यो पुल भएर सयौ मान्छेले आवतजावत गर्छन्, खच्चरले भारी बोकेरै यो पुल तर्नुपर्छ मोटरसाईकल, अन्य सामाग्री पनि यहि पुलबाट लालिघाटमा ल्याउने हुदा यो पुलको आयु घटिसकेको छ ।’ यो पुलबाट जोखिम मोलेरै जिल्लाको पलाता गाउँपालिका, पचालझरना गाउँपालिका, राष्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाका नागरिहरुले आवतजावत गर्ने गरेका छन् ।
५ वटा स्थानीय तहलाई सदरमुकामसम्म जोड्नका लागि सहज बनेको जितेको झोलुङ्गे पुलमा स्थानीय तहले मर्मतका लागि चासो नदिएको स्थानीय नागरिकको आरोप छ । कर्णाली करिडोर वारीका लागि भरियाले पनि दैनिकजसो भारी बोकेर सामाना वारी ल्याउने गर्छन । नदीमा मोटरेबल पुल नहुँदा मोटरसाईकलमा यात्रा गर्नेहरु जोखिम मोलेर यही पुलबाट हिड्दा पुलको जाली समेत च्यातिएपछि समस्या भएको हो । यो पुलको मर्मत गर्ने जिम्मा तत्कालिन जिविस कालीकोटको भएपनि अहिले कस्ले मर्मत गर्ने भन्ने बिषयले गर्दा पुल जिर्ण बन्दै गएको छ ।
पुल जिर्ण बन्दा यहाँ बाटो हिड्ने बटुवाहरु मात्र हैन घुम्न आउने आन्तरिक पर्यटकहरु समेत जोखिममा परेका छन् । पुलको तारजाली च्यातिएकोले कुनै पनि समयमा फोटो खिच्ने ब्यक्ती समेत दुर्घटनामा पर्ने सम्भावना बढेको जानकारहरुले बताएका छन् । कर्णाली र तिलाकर्णालीको दोभानको मनमोहक दृष्य हेर्न आउने पर्यटकहरु पनि यो पुल जिर्ण भएको बताउने गरेका छन । नागरिकको सहजताका लागि निमार्ण गरिएको पुलको समयमा मर्मत र संरक्षण नहुँदा कमजोर बन्दै गएको छ । निर्माणपछि पुल मर्मत गरिएको छैन ।
गुणस्तरयुक्त काम नहुँदा पुल जीर्ण बदै गएको स्थानीयवासी बताउने गरेका छन् । झोलुङ्गे पुलभन्दा करिव १ किलोमिटर तल बन्न लागेको पक्कि मोटर हिड्ने पुल समयमा नै बन्न नसक्दा र नदिमा झर्ने बाटो विग्रिएपछी यो झोलुङ्गे पुल झनै जिर्ण बनेको हो । यही पुल हुदै दैनिक सयौ खच्चडहरुलाई पनी भारी बोकायर आवत जावत गराउने गर्दछ । जस्का कारण पुल दैनिकजसो जिर्ण बन्दै गएको छ । खच्चड हिड्नका लागी नदिमा अर्को बाटो नभएपछि यही पुलको प्रयोग गर्दै हिड्ने गरेको हो ।