१३ बैशाख २०८१, बिहीबार

एम्बुलेन्स थन्काएर स्टेचरमा विरामी बोक्नुपर्ने बाध्यता


कालीकोटः राष्कोट नगरपालिका र पचालझरना गाँउपालिकामा एम्वुलेन्स भए पनि विरामीलाई डोको र स्टेचरमा बोक्न स्थानिय बाध्य छन् ।
ती दुईवटा स्थानीय तहका लागि एम्बुलेन्स भन्दा पनि स्टेचरनै बढी महत्वपूर्ण हुने गरेको छ । कर्णाली नदिमा पुल नभएपछि यहाँका दुईवटा स्थानीय तहले खरिद गरेका एम्बुलेन्स कर्णाली वारी छ तर विरामी भने कर्णाली पारी हुने गरेका छन् । कर्णाली नदिमा पुल नवन्दा स्थानीय तहका एम्बुलेन्स खोला वारी नै थन्किएका छन् । स्थानीय तहमा भएका विरामीलाई स्टेचरमा नै बोकेर जिल्ला अस्पताल मान्ममा ल्याउनुपर्ने बाध्यता रहि आएको छ ।
एम्वुलेन्सले खोला तर्न सक्दैन, विरामीलाई स्टे«चरमा ल्याउँदा ल्याउँदै मर्ने सम्भावना हुन्छ । स्थानीयलाई एम्वुलेन्सको सेवा दिनको लागि पहिले कर्णाली नदिमा पुल हुन आवश्यक रहेको स्थानीयको भनाई छ । मोटर बाटो गाँउसम्म पुग्दा खाद्यन्न तथा निर्माण सामाग्री ल्याउनका लागि सुविधा भए पनि विरामी पर्दा अझै पनि डोको र स्टेचरमा नै बोक्नुपर्ने बाध्यता रहि आएको छ । जसले गर्दा कति विरामीलाई अस्पतालमा नपुराउदै बाटोमा नै अकालमा मर्नु परेको छ । स्थानीय तहका एम्वुलेन्स भए पनि कर्णालीमा पुल नहुँदा अवस्था उस्तै छ ।