७ बैशाख २०८१, शुक्रबार

‘देश बिकासमा यूवाको भुमिका महत्वपूर्ण’



सुर्खेत १२ पुस ।
देशको बिकासका लागि यूवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले यूवाहरुमा सामाजिक सोच जगाउन जरुर िभएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । कालिकोट–सुर्खेत सेवा समाजले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको तन्नेरी कचहरीमा यूवा सहभागिता विना देशको बिकास असम्भव हुने सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्रीका प्रमूख स्वकीय सचिव खेमबहादुर सिंहले मुख्य युवाहरु परिवर्तनको सम्वाहक भएको भन्दै समृद्धिका लागि युवा शक्ति शसक्त हुन जरुरी भएको बताए । बढ्दो बेरोजगारीले यूवा पलायन बढेको रोजगारी सिर्जना गर्न यूवाहरुको क्षमता बिकास गर्नु पर्नेमा जोड दिए । ‘देशमा बेरोजगारी बढी रहेको छ, जसको कारण यूवा शक्ति बिदेश जान बाध्य भएको छ’ उनले भने, ‘बिदेशमा पसिना बगाउनु भन्दा स्वदेशमै केही गर्ने वतावण बनाउन जरुरी छ ।’ प्रदेश सरकार नेपालको संघीयतामा नयाँ अभ्यास भएकोले अपेक्षा अनुसार काम गर्न नसकिरहेको उनको भनाई छ । सरकारका राम्रा कामहरुको प्रचार प्रसार गरी कमजोरीहरुमा खवरदारी गर्न पनि यूवाहरुले जरुरी भएको उनले बताए ।
कार्यक्रममा नेकपा तिलागुफाका अध्यक्ष दिनेश चदाराले सकारात्मक परिवर्तनका लागि यूवाहरु सगज हुनु पर्नेमा जोड दिए । रास्कोट नगरपालिका वडा नं. ३ का अध्यक्ष दयाराम सिंम्खाडाले समाज रुपान्तरणका लागि यूवारुको हस्तक्षेपकारी भूमिका जरुरी भएको बताए । पत्रकार खगेन्द्र भट्टराईले मुलुकको समृद्धिका लागि सुशासन पहिलो सर्त भएको भन्दै जनताप्रति उत्तरदायी सरकार बनाउन सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि यूवाहरु लाग्नु पर्नेमा जोड दिए ।
कालिकोट–सुर्खेत सेवा समाजका अध्यक्ष लोकेश पोख्रेलको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन गोकर्ण उपाध्यायले गरेका थिए । कालिकोट स्थायी घर भई वीरेन्द्रनगरमा बस्दै आएका नागरिहरुलाई सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताइएको छ ।