कार्यालय भित्र तास खेल्दै सरकारी कर्मचारी

कालीकोटः जिल्ला मालपोत कार्यालय कालिकोट र नापि कार्यालयको हाताभित्रै कर्मचारी तास खेलीरहेको अवस्थामा भेटिएका छन् ।
मालपोत कार्यालयका कर्मचारी भक्त बहादुर शाहि, नापि कार्यालयका कर्मचारि रंग बहादुर वुढा र मालपोत कार्यालयकै अर्का कम्प्युटर अपरेटर विरेन्द बहादुर शाहि लगायतका सरकारी कर्मचारीहरुको समुहले कार्यालयकै हाताभित्र तास खेल्दै आइरहेको अवस्थामा भेटिएका हुन् । जुवा खेलिरहेका कर्मचारीहरुले आफुहरु मनोरञ्जनका लागि खेलेको भनेपनि उनिहरुसंग पैसा समेत रहेको छ ।


कर्मचारीले यस भन्दा पहिले पनि कार्यालयको हाताभित्रै खेल्दै गरेको स्थानियले बताएका छन् । नाम नबताउने सर्तमा एक जना स्थानीयले भने, ‘यहाँका कर्मचारी यस्तै हुन, कुनै दिन १ बजेभन्दा पछाडि नेट छैन भन्दै बाहाना बनाउर्दै तास खेल्ने गर्छन् । सेवाग्राहीको काम समेत गर्दिदैनन् ।’ प्राय सधै तासमा व्यस्त देखिने मालपोत र नापीका कर्मचारीले भने आफुहरुले विदाको दिनमा मनोरञ्जनका लागि खेल्ने गरेको दावि गरेका छन् । ‘समय विताउनका लागि १० रुपैयाको ओपन फलास खेलेका र्हौ मालपोतका कर्मचारी विरेन्द्रबहादुर शाहीले भने ।’ ‘आज विदाको दिन साथिभाई मिलेर रमाईलो गर्रौ भनेर समय विताउन खेलिएको हो, जुवा नै खेल्यौ जस्तो लाग्र्दैन ।’ तास खेल्ने क्रममा कर्मचारीको अगाडि रकमको मुठो समेत रहेको थियो । विदाको दिनमा पनि सरकारी कार्यालयको हाताभित्र तास खेल्न नपाईले प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्याले बताए । उनले भने, ‘विदाको दिनमा मनोरञ्जनका लागि खेलिएको भए ठिकै हो, यदि तास खेल्न रुपैया प्रयोग गरिएको भए कार्वाही हुन्छ ।’ उनले विदाको दिन भएपनि कार्यालय हाताभित्र जुवा खेल्न मिल्दैन, यदि खेलेकै हुन भने हामी विभागिय कार्वाही गर्छौ ।