७ बैशाख २०८१, शुक्रबार

संसदमा विपद पर्यो सवै उद्धारमा जुटौं अध्यक्षः बम


कालीकोटः आज सामाजिक संजाल देखि चोक, गल्ली , धारा पधेरामा नेता देखि जनता सम्मले हल्लिखल्लि गरिरहेको देख्दा म अचम्मित भएक छु । के हो त एम सि सि ? संसदमा बिपत आएकै हो त ? कि केहि कुराको प्रस्ताव हो ? नम्बर (१) धारा (घ) को दफा (३) ३–२ (च) सम्पूर्ण बौद्धिक सम्पतिमा अमेरिकाको पुर्ण अधिकार हुनेछ । नम्बर (२) धारा ३ को दफा ३ (८ ) क परियोजना को लेखा परिक्षण अमेरिकी कम्पनीले मात्र गर्न सक्नेछ । नम्बर (३) धारा ५ को क र ख अमेरिकी कम्पनीले चाहेमा यो सम्झौता रद्ध गर्ने छ । नम्बर (४) धारा ७ को दफा ७ को (क ) प्रस्तुत सम्झौता लागु भएपछि प्रस्तुत सम्झौतामा उल्लेखित नेपाली राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ । नम्बर (५) अनुसुचि १ (ग) को १ यस परियोजनामा नेपाल सरकारले राज्यका कुनैपनि निकायलाई खटाउदा एम सिसिको अनुमति लिनु पर्नेछ । नम्बर (६) अनुसुचि (४) क नेपाल सरकारले एमसिसिलाई चित्त बुझ्ने योजना तयार पारि पठाउनु पर्नेछ र त्यस्तो योजना इन्डियाले सम्रर्थन गरेको हुनुपर्नेछ । यो के हो ? सबैलाई पढ्न त आउछ होला हैन त कि कसो ? साच्चै मेरो आफ्नै मात्र बुझाईले आक्रोस हैन दया लागेर आएको छ । मलाई त संसदमा यो चत्तिकला देख्दा र सहभागी अग्रजहरुको हारगुहार पोखिएको देख्दा बिपत नै आइरहेको छ हामी सबैले उद्धारमा जुट्न तयार हुनुपर्छ ।
जो कोहिले सहजै बुझ्न सक्छ र वकालत गर्छ संसद भबन नेपाल र नेपालीको भबिष्य निर्माण गर्ने र निर्माता को बहस गर्ने थलो हो । किनकि हजारौंको बलिदानि लाखौको योगदानि र करोडौंको को परीश्रम र मेहनतले सृजित एक मात्र क्षेत्र हो । यहाँ सक्षम, सबल, कर्मठ, परिवर्तनशिल, जुझारु ,शिर्जनसिल, दक्ष, अनुभबि, ज्ञानी र जसी ब्यक्तित्वहरुलाई घाम पानि, हावा हुरी, बिकिरण र सितबाट जोगाएर गरिब निमुखाले छानि छानि पठाएका हुन्छन । ती एक छाक टार्न धौधौ हुने गरिबको पसिना र रगतबाट जन्मिएका ब्यक्तित्वले सडकमा आएर फेरि एक पटक मेहनत गर्न गुहार मागेका हुन या कोही संसदभित्र सामल (खाने कुरा) बोकेर आएका छन भनेर जानकारी दिएका हुन यसमा हामी दोधारमा परेका छौ । यो प्रष्ट पार्न जरुरी छ ।
एमसिसि गलत छ हो ? संसदमा सही र गलत छान्न नसक्ने पनि हुनुहन्छ त ? संसदमा आएका प्रस्ताव संसदले ल्याउछन वा कोहि पाउनाले पनि ल्याउन पाउँछन् ? संसदभित्र कोही नारद कोहि राम अनि कोही रावण पनि छन त ? प्रस्ताव पास गर्न बहुमत र अल्पमत ले काम गर्न छोडेकै हो त ? आज जनमानसमा यी प्रश्नले खेलिरहेका छन् । अच्चमित छन् आजित छन् ,यहाँ ताजुवमा डुबेका छन् । के का लागि र कस्का लागि बहस हुदैछ, किन हुदैछ बहस, संसदको जिम्मेवारी दिएर पठाएका छन् जनताले संसदभित्रका कुरा सडकमा ल्याएर पोखेर लोकप्रियता हासिल गर्ने सपना अधुरै रहन्छन अब एजेण्डामा रमझम हैन सक्रिय भएर काम देखाए आफै लोकप्रिय भईन्छ यो सत्य कुरा हो । गोहिको आँसुले अबको दुनियाँमा कुनै अर्थ राख्ने वाला छैन । स्वाधिनताको लडाई कसरी लड्नु पर्छ भनेर आन्दोलनमा गुमेका हातका औलाले स्वस्तिक छाप लगाउनेसँग अर्ति माग्न पुगेपनि कुनै फरक पर्दैन हैन छाप हान्नु अघि सबै बुझर नै आउनु भएको छ खुट्टा र हात कमाउन जरुरी छैन ।
६६ अर्ब एन सेलललाई दान छोड्नेले किन ६५ अर्बमा अस्मिता लुटाउने यो पैसाले कर्णालीमा एक पुल लाग्दैन लालसो नगरे हुन्छ । बिकास धनले मात्र हैन मन पनि चाहिन्छ । यहाँ संसद बचाएर सही नियम र कानुन बनोस् ६५ अर्ब के खर्ब एक घन्टामा दान गर्न तयार छन स्वाभिमानी नेपाली अहिले मिडियाको दुनियामा सबैले अबलोकन गर्न सकिन्छ बिदेशमा पसिना बगाएर स्वदेशमा हात गुमाउनेलाई करोडौं सहयोग गर्छन । बारिमा पसिना बगाएर मृगौला, मुटु र कलेजो पीडितलाई बिना सर्त बचाउन तयार छन् आज नेपाली यो जाबो ६५ करोडका लागि किन यत्रो मरिहत्ते यो किन हुदैछ पद कि प्रतिष्ठाका लागि को हो त प्रस्ताबक जनताको मतले पावर फुलवाला वा उतैबाट सामल तुमल गरेर सिधै संसद छिर्नेवाला यहि आज जनता जान्न चाहान्छन ? सडकमा यो कुरा मात्र आउनुपर्छ । यसको उद्धारमा जनता खटिन तयार छन् । संसद भित्रको दुई तिहाईमा पनि भुकम्प आएको हो या अनिदो ले च्यापि रहेको छ । कतै चिच्याट देखिन्छ कम्युनिष्ट सरकार अथवा अहिलेको दुई तिहाई सरकार असफल गर्न यो खेल खेलिदैछ । यो स्वलोक हो या हरफ हो कुन संग्रह र ग्रन्थबाट झिकिएको हो हैन भने किन रड्ने काम भैरहेको छ । बिधिले चल्ने संसदमा किन छैन दुई तिहाईको धम्कि दुईतिहाइले अस्विकार गरेर डस्बिनलाई काम दिन किन ढिलाई के दुई तिहाईको धम्कि भोट हाल्ने निमुखा जनतालाई दिनलाइ मात्र हो त ? के हुदैछ मेरो देशमा हिजो को एक मिडियामा गगन थापाले खुलेर बिरोध गर्नुभएको छ यो राष्ट्रघाति छ कुनै हालतमा पास गर्नु हुन्न यहाँ पनि शंका छ व.उहाँ दुईतिहाइ सरकार सफल गर्न कि लोकप्रियता हासिल गर्ने कित स्वाधिनताको लडाइँमा तल्लिन भएर जनता जननिको रक्षामा इमान्दारीता प्रकट गर्नु भएको हो । यो अबस्थामा दलाल र सामल बोक्नेहरुलाई एक कुनामा राखेर स्वाधिनताको लडाइँमा पार्टी हैन सच्चा देश भक्तहरु मिलेर अघाडी बढ्नु अहिले को आबश्यकता हो । कित सबै शक्ति र सबै क्षेत्रतिर हारगुहार सुरु गर्ने हो अब यस्तो पनि त शंका पैदा हुन्छ संकटको बेला नेपाली उखान छ छिउ आए पूर्ब हेराई लाग्छ ।
यसले आध्यात्मक बादलाई बिश्वास गर्नैपर्ने हो त यदि यसलाई बिश्वास गर्ने हो भने हाम्रो धर्म र संस्कृतिको को मुटु पशुपतिमा पुजारी बिदेशी भएर स्वाधिनता माथि नै प्रश्न चिन्ह खडा भएको त हैन शंका पैदा भएर आउछ धार्मिक भक्त बन्ने हो भने यस्तै कुराले आज खेल्ने ठाउँ पाएको छ ।
थुप्रै मित्रहरुले सामाजिक संजालमा आफ्ना आक्रोस पोखेको देखे यति सम्म कि एमसिसि मुर्दाबाद ! संसदमा आएको प्रस्ताब खारेज गर ! एम सिसि प्रस्ताव धोका हो ! धन्यवाद छ सम्पूर्ण स्वाधिन मनहरुलाई माक्र्सवाद मान्ने हुनाले क्रान्तिकारी वा स्वभाब देखाउनेलाई भगवान ठान्छु र पुजा गर्छु यहि कुरामा गर्व गर्छु किनकी देशलाई संकट जब पैदा हुन्छ सडकमा आबाज उठ्छ यस्ले जस्तो रुप दिएपनि आखिर आवश्यकता परिपुर्ति गरेको हुन्छ । तर अर्को पट्टी मुन्टो कतिखेर निउराउनु पर्ने देखाउछ यो परिस्थितिले जब सदन भन्दा सडकमा आवाज उठ्न थाल्छ संसदमा पैदा भएको संकटलाई लिएर त्यस बेला संसद भन्दा सडकमा स्वाभिमानि, इमान्दार, देशभक्त, बफादार, जुजारु, कर्मठ र प्रगतिशील छन् भन्ने कुराको महसुस आममा हुन आउछ । यसले संसदलाई मात्र हैन नेपाली राजनीतीलाई नै संकटमा पारेको छ र बृतिष्णाको श्रोत बनाई दिएको छ । यस बिषयमा गम्भिर ध्यान जान जरुरी छ र बहसमा केन्द्रीकृत हुन जरुरी छ । बालुवामा पाईपको पानिले केही असर गर्दैन कित नहर बनाउनु पर्छ कित बालुवालाई माटोमा रुपान्तरण गर्ने विधि अपनाउनुपर्छ । नत्र यो संघियता, यो गणतन्त्र र यो संविधान घाममा सुक्ने बाहेक अरु कुनै बिकल्प छैन । अहिले देशमा बहस बिदेशी लगानिको हैन राजनिति स्थिरता, गणतान्त्रिक नेपालको संस्थागत र लामो द्धन्द्ध र प्राकृतिक बिपदबाट घाईते भएको मुलुकलाई ब्यबस्थापन गर्नु नै हो । हतारो किन सरकार पाँच बर्ष चलाएर ग्रिन काडको पर्खाइमा हो चिन्ता किन लाईनमा हामी जनता छौ अहिल्यै छोडेर जान पाउने तपाईको मानव अधिकारले दिएकै छ । तपाईंको बिधाईमा मनमात्र दुखाउन सक्छौ बिदाई गर्न तयार रहन्छौ दुख पीडा र मिलन बिछोडबाट कडा मुटु बनेका नेपाली हौँ तर स्वाभिमान र स्वाधिनता लाई सति लैजान छुट छैन र यो कोहि कसैका लागि एक रति पनि पक्षमा रहदैन यो बुझ्न जरुरी छ । हामी नेपाली सबै कुरा पचाउदै आएका छौ । नचाएरै राजा गुमाएका छौ, नचाएरै मदन भन्डारी, रबिन्द्र अधिकारी, सुशील कोइराला, गिर्जाप्रसाद कोइरेला, कृष्णप्रसाद भट्टराई, गंगालाल श्रेष्ट, माहान जनयुद्ध मा त हजारौं एकै चिहानमा यिनै हातले दाहसंस्कार गरेका छौ त खाडिको चर्को गर्मि कसैले आधा जीवन त कसैले पूरा जीवन गुमाएर घर फर्केका छौ त कोहि त्यतै बसेका छन् अन्तरास्ट्रिय विमान स्थलमा दैनिक हजारौको आँसु बगेको देखिन्छ यसैले हामी नेपालीको चट्टान सरि मन बनाई दिएको छ ।
अब सबैले सामाधान खोज्न जरुरी छ कोही सती जाने त कोहि सहिद हुने संकेत छ किनकी एमसिसि संसद भबन भित्र आएको बिपत नै हो बिपतमा कसैले ढिलासुस्ती गर्न हुदैन आफ्नो क्षमता अनुसारको सहयोगमा जुट्न जरुरी छ र संसद भबनलाई बचाउन अहिलेको आबश्यकता हो र हामी सबैको भलाई यसै भित्र छ । म धेरै जानणने र सबैभन्दा माथिबाट निर्देशन दिन खोजेको पनि हैन अन्यथा नजाहोस् देखेको र यही देशको एक राजनीति लठुवा भएकै कारण छताछुल्ल भएको स्वाभिमानमा आफ्नो मत मात्र राखेको छु । एमसिसि धोका हो जय स्वाभिमान, जय संसद भबन ।