सामुदायिक विद्यालय बन्यो, राजनीति गर्ने थलो

कालीकोटः कालीकोटमा सर्वसहमतिमा हुर्दै आएको विद्यालय व्यवस्थापन समितिको गठनमा पछिल्लो समय निर्वाचन प्रक्रियाबाट सुरु हुन थालेको छ ।
सर्वसहमतिबाट विद्यालय व्यवस्थापन समितिको गठन हुन नसकेपछि अहिले निर्वाचन प्रक्रियाबाट यहाँका विद्यालयहरुले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पाउने गरेका छन् । पछिल्लो ज्वलन्त उदाहरण सान्नित्रिवेणी गाउँपालिकालाई लिन सकिन्छ । नयाँ शिक्षा ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन हुन थालेपछि सहमतिमा हुनुपर्ने विव्यस गठन पनि निर्वाचन प्रक्रियामा हुन थालेको हो । वर्षौंदेखि विवादमा रहेको पञ्चदेवल प्राविधिक तथा व्यावसायिक उच्च माविमा विव्यस गठनका लागि गरिएको पटक–पटकको छलफलले समिति गठन गर्न नसकिएपछि निर्वाचन प्रक्रियामा गएको हो ।

सान्निवित्रेणी गाउँपालिका वडा नं ६ मा रहेको पञ्चदेवल प्राविधिक तथा व्यावसायिक उच्च माविले सर्वसहमतिबाट विव्यस चयन गर्न नसकेपछि निर्वाचन प्रक्रियाबाट चयन हुने भएको छ । नयाँ शिक्षा ऐनअनुसार विद्यालय व्यवस्थापन समितिका लागि विद्यार्थीका अभिभावकले २ महिला अनिवार्य हुनेगरी ४ जना सदस्य चयन गर्नुपर्छ । सर्वसम्मत हुन नसके निर्वाचन विधि अपनाउनु पर्छ । निर्वा्चित ४ जनाले विद्यालयको चन्दादाता, समाजसेवी, बुद्धिजीविमध्येबाट १ महिलासहित २ जना मनोनित गर्छन् । एक शिक्षक प्रतिनिधि, प्रधानाध्यापक र वडाअध्यक्षसमेत गरी नौ जनाले अध्यक्ष चयन गर्ने कानूनी व्यवस्था छ ।

नयाँ ऐनअनुसार कालीकोटमा सदस्य चयनका लागि निर्वाचन अनिवार्य गर्नुपरिरहेको छ । पञ्चदेवल प्राविधिक तथा व्यावसायिक उच्च माविमा विव्यस अध्यक्ष चयनका लागि नेकपाका दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । पुर्व माओवादी केन्द्रबाटै दुई प्यानलले चुनाव गराएका हुन् । सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाही डिवी सर्मथित एक प्यानल छ भने अर्को पूर्व माओवादीका नेता नहकुल संज्याल विराजमानको प्यानल चुनावी मैदानमा रहेका छन् ।

पञ्चदेवल प्राविधिक तथा व्यावसायिक उच्च माविमा पहिलेदेखिनै अनियमितता हुदै आएकाले अहिले चुनावी मैदानमा दुई प्यानल भएको नाम नवताउने सर्तमा एक स्थानीयले भने । यस क्याम्पसलाई कमाई खाने भाडो बनाएकाले अहिले दुई प्यानल चुनावी मैदानमा छन् आज मतदान भएको छ । क्याम्पसमा करिव ४ सय ३७ मतदाता रहेपनि विहिवार भएको मतदान प्रक्रियामा करिव ४ सय मत खसेको मतदान अधिकृत पुष्पराज संज्यालले बताए ।

error: Content is protected !!