नेपाली काँग्रेश कालिकोटले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिको कार्यालयमा वुझायो ज्ञापन पत्र, अहिले को सरकार पुर्ण रुपमा अन्धो भइसकेको क्षेत्रिय सभापति शाहिको भनाई ।।

अहिलेको वर्तमान सरकारले गरेको ज्यादतिको भण्डाफोर गर्दे आईतवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालिकोटले विरोध ¥याली सहित जिल्ला प्रशासन कार्यालय कालिकोट मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार, काठमाडौंको लागि ज्ञापन पत्र बुझाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै देशभरबाट विरोध पत्र पठाएको छ । कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका हुन् । देश र जनताको हकहित विपरित कार्य सम्पादनमा दुई तिहाइको दम्व देखाएर एक्लौटी ढंङ्गले मनोमानी र वर्तमान सरकार गठन भएपछि नागरीकका मौलिक हक अधिकार माथि प्रतिवन्ध लगाउने काम,बजारमा मुल्य वृद्धि,राष्ट्रिब्यापि कर आतंक, बलत्कार,हत्याहिसां , भष्ट्रचार , प्रेस स्वन्त्रता ,स्वतन्त्र न्यापालीका ,नेपाली नागरीकलाई स्वतन्त्र पृर्वक बोल्न र लेख्न पाउनेहक अधिकार माथि लगाएको प्रतिवन्ध लगाउने,नागरीकका मोवाईल फोन ट्यापिङ गर्ने, सामाजिका सञ्यालमा कसैलाई व्यंग्य गरे ५ वर्ष जेल र १५ लाख रुपैया जरिवाना तिर्नु पर्ने लगाएत देश र जनताको हित विपरित का प्राबधानहरु अहिलेको वर्तमान सरकारले गरेको नियोजित षड्न्त्रका विरुद्ध नेपाली काँग्रेश कालिकोटले ज्ञापन पत्र मार्फत गम्भिर घोर भत्र्सना गरेको छ । ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेस जिल्ला कार्य समिति कालिकोटका सहसचिव एवं प्रदेश ख का क्षेत्रिय सभापति दमन वहादुर शाहिले यस्तै पाराले दुई तिहाईको दम्व देखाउने सरकार जनता सामु धेरै समय टिक्न नसक्ने कुरा प्रष्ट्र पार्नु भयो । अहिलेको सरकार ले समाजिक संञ्याल लाइ नियन्त्रण गर्न विधेक ल्याउन लागेको हुनाले यो कुरा कसैलाई पनि सैह्य नुहने वताउनु भयो । समाजिक सञ्याल आलोचना गर्ने थालो मात्रै देख्ने गरेको पुर्ण रुपमा अन्धो भएको यो सरकारले सामाजिक सञ्याल वाटै लाखौ नेपाली नागरीकहरुको उद्धार हुनुका साथै संसार भरि छरिएर वसेको नेपाली नागरीकले सामाजिक सञ्यालको प्रयोग गर्दे अहिले नेपाललाई सहयोग गरीरहेको यो सरकारले कहिल्यै नदेख्ने गरेको वताउनु भयो । प्रमुख जिल्ला अधिकार समक्ष ज्ञापन पत्र बुझाउदै महादिवेशन प्रतिनिधि हिक्मत वहादुर विष्टले अहिलेको सरकारले वंगुरले आकाश देखे जस्तै गरेको हुनाले यो चुरीफुरी धेरै दिन टिकाउने सपना देख्ने मुर्खता गर्न नहुने वताउनु भयो । ज्ञापन पत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेले ज्ञापन पत्र जस्ताको त्यस्तै प्रधामन्त्रीको कार्यालयमा पठाउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।उक्त कार्यक्रममा नेपाली काँग्रेश जिल्ला कार्य समिति कालिकोटकि सचिव यसोधा शाही, नेविसंघ कालिकोटका नेता सविन विष्ट,नेता मनराज शाहि , तरुण दल कालिकोटका नेता लगाएतको सहभागिता रहेको थियो ।