जनप्रतिनिधि र कर्मचारीले घुस खाएको आरोप

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले घुष लिएर ठेक्का स्विकृत गरेको ठेक्का कम्पनीले आरोप लगाएका छन् ।
पुस ७ गते प्रकाशित सूचनाअनुसार नरहरिनाथ गाउँपालिका वडा नं ५ मा रहेको सल्लिर्चौर खानेपानी आयोजनामा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको मिलेमत्तोमा काम भएको भन्दै मुद्दा दर्ता भएको छ । सल्लिर्चौर खानेपानी आयोजनामा खरिद नियमावली विपरित ठेक्का स्विकृत भएकोमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले घुस नै खाएर ठेक्का स्विकृत गरेको रोनी निमार्ण सेवाका संचालक जीवनबहादुर शाहीले बताए । उनका अनुसार टेण्डर आयोजनामा प्रस्ताब पेशभएका रोनी निमार्ण सेवा, कालीकादेवि निमार्ण सेवा र सुशान्त कन्ट्रक्सन कम्पनीले आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावको मुल्यांकन पछि कालीकादेवि निमार्ण सेवाले पाएको ठेक्कामा केही कागजपत्र अपुग हुदा पनि गाउँपालिकाले ठेक्का स्विकृत गरेकाले आफुहरुले मुद्दा दर्ता गर्न बाध्य भएको सुशान्त कन्ट्रक्सन कम्पनीका संचालक धुव्रविक्रम शाहीले बताए ।
उनले भने, खरिद नियमावलीका आधारमा छनौट गनुपर्ने भएपनि पैसाको प्रलोभनमा ठेक्का स्विकृत भएको हो । गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट ठेक्का मुल्यांकन समितिका संयोजक, गाउँपालिकाका यन्जिनियर निरक शाह निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमाली भण्डारीको मिलेमत्तोमा ठेक्का स्विकृत भएको शाहीले बताए ।
लिखित घोषणा पत्र पेश नगरि प्रस्ताव पेश भएकाले ठेक्का उसैलाई दिएको भन्दै सुशान्त कन्ट्रक्सन कम्पनी र रोनि निर्माण सेवाले जिल्ला प्रशासन कार्यालय कालीकोट र नरहरिनाथ गाउँपालिकामा ठेक्का बदर गर्न माग गर्दै उजुरी दिएका छन् ।