साझा पार्टीको प्रमुख सम्पर्क व्यक्तिमा विष्ट

कालीकोटः साझा पाटीको कालीकोट प्रमुख सम्पर्क व्यक्तिमा अनिल विष्ट (परिवर्तन) ले जिम्मेवारी पाएका छन् । कालीकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं २ निवासी विष्टले कालीकोट प्रमुख सम्पर्क व्यक्तिको जिम्मेवारी पाएका हुन् ।
विवेकशिल साझा पाटीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालले कालीकोटका लागि विष्टलाई जिम्मेवारी दिएको बताएका छन् । उनले कालीकोटमा साझा पाटीलाई अगाडि बढाउनका लागि युवाहरुलाई कार्यजिम्मेवारी दिएको बताए । उनले भने, अहिलेको परिवर्तन युवाबाट सम्भव भएकाले युवाहरुले नै नेतृत्व गर्न पाउनुपर्छ ।’
आफुले कालीकोटको प्रमुख सम्पर्क व्यक्तिको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने अनिल विष्टले बताए । उनले भने पाटीले मलाई विश्वास मानेर जिम्मेवारी दिएको छ पाटीको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने छु । अहिलेको देशको विकासका लागि साझा पाटीमा युवाहरुलाई आउन आग्रह गरेका छन् । विष्टले भने देशको परिवर्तनका लागि साझा पाटी बलियो खम्बा हुने छ । सवै युवाहरुले साझा पाटीमा नेतृत्व गर्न पाउने भएकाले साझा पाटीलाई अगाडि बढाउन युवाहरुलाई आग्रह समेत गरे