७ बैशाख २०८१, शुक्रबार

अग्नीपीडितका घर हस्तान्तरण हुर्दै


कालीकोटः जिल्लाको पलाता गाउँपालिका वडा नं १ खाडाका अग्निपीडितहरुका लागि निमार्ण गरिएको नमुना बस्ती अवको १ महिनामा हस्तान्तरण गर्ने गाउँपालिकाले जनाएको छ ।
एक वर्ष लगाएर बनाइएको नमुना बस्ती गाउँपालिकाले स्थानीयलाई हस्तान्तरण गर्ने भएको छ । खरको छानोमा बस्न बाध्य भएका खाडाबासीले पक्की घर पाएका छन् । बाह्रै महिना दुःखमा जीवन जिउन बाध्य यहाँका स्थानीय समुदाय बस्ती निर्माणले दंग देखिएका छन् । ’खरले छाएको घर बर्खामा चुहिन्थ्यो । सानो खरको झुपडीमा खाना पकाउँदा चैत–वैशाखमा आगलागी हुने डर हुन्थ्यो । जाडोमा राम्रो ओड्ने ओच्छ्याउने नहुँदा चिसो हुन्थ्यो,’ खाडाका ६० वर्षीय लक्षुदेवि न्यौपानेले भनिन् ।’ अब त हाम्रो सुन्दर पक्की घर बनेको छ । अहिलेको स्थानीय सरकारले पीडामा जीवन बिताइरहेका हामीलाई खुसी दिएको छन् ।


रोग, भोक, अशिक्षाले थलापरेका खाडा बासीका लागि गाउँपालिकाले विभिन्न निकायको सहयोगमा खरका झुपडी एक वर्षमै आकर्षक पक्की घर बनेपछि खाडाबासीमा खुसियाली छाएको छ । हाम्रो पनि घर बन्छ । आँगनमा धारा बन्छ । छोराछोरी स्कुल जान्छन् भनेर सपनामा पनि सोचेका थिएनौं,’ खाडाका दिप न्यौपानेले भने, आज हाम्रो घर बनेको छ, धारा बनेको छ, अव यसैगरि नियमित विद्युत पाएको भए कति खुसी हुने थिर्यौ । खानेपानी पुग्यो, भुइमा ओछ्यान लगाएर सुतिन्थ्यो खाटमा परिणत भयो । घर त झनै राम्रो भयो । अब हामी सुखमय जीवन बिताउँछौं ।’
अहिले पलाताको खाडामा १९ वटा पक्की घर निमार्ण गरिएका छन् । २०७५ साल पुस ९ गते राती भएको आगलागीबाट ३२ वटा घर पुर्णरुपमा नष्ट भएपछि प्रदेश सरकार स्थानीय सरकार र नेपालकै लोकप्रिय कार्यक्रम इन्द्रेणीको सहयोगमा पलाताको खाडामा पक्की घर बनेका हुन् । ‘अब हामीलाई आगोको डर चिसोले मुटु अव नकाप्ने भयो’ पलाताका धनप्रसाद न्यौपानलेले भने । अहिले पलाताको खाडामा गाडि पनि सहजरुपमा नै पुगेको छ । अव अन्य घर स्थानीय नागरिकलाई घर बनाउन पनि सहज हुने भएको छ ।
सडक, बिजुली, खानेपानी धारा, निमार्ण गर्दिएको भएपनि केही सहज हुने थियो, चैती न्यौपानले भनिन्, हामीलाई अहिले स्थानीय सरकार गाउँमै आएको महसुष भएको छ कम्तिमा नया घर त पार्यौ, घर छाउनका लागि खर ल्याउन १ दिनको बाटो लगाउनुपथ्र्यो घरमा कति विटा ‘भारी’ खर लाग्ने हो त्यति दिन खर बोक्नैमा जान्थ्यो अव दुख गर्नुपर्ने दिनको अन्त्य भएको छ । आफ्ना लागि बनेका घर रङरोगन भएर टलक्क टल्केको देख्दा खाडाबासीमा खुसीयाली छाएको छ । आफूले सोचेजस्तै ठिक समयमा बस्ती निर्माणको काम सम्पन्न भएर तोकिएकै दिन बस्ती हस्तान्तरणको तयारी बढेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पनि खुसी देखिएका छन् । उनले भने, अवको १ महिनामा घर हस्तान्तरण गर्ने र्छौ थोरै काम केही बाकी छ सवै घर निमार्ण भएर चैतको पहिलो हप्तासम्म घर हस्तान्तरण गरिसक्ने छौ ।
‘समयमा काम सम्पन्न हुन्छ कि हुन्न भन्ने दुविधा थियो, अव काम लगभग सकिएको छ । खाडामा घर निमार्ण भइसकेपछि त्यहाँका नागरिक खुसी देखिएका छन् ।