८ बैशाख २०८१, शनिबार

पलाँतामा १५ शैयाको अस्पताल सिलान्यास


कालीकोटः जिल्लाको पलाँता गाँउपालिकामा १५ शैयाको अस्पताल सिलान्यास गरिएको छ । सरकारले हरेक स्थानिय तहमा १५ शैयाको अस्पताल बनाउने नीति लिए अनुसार पलाँता गाँउपालिकाले जिल्लामै पहिलो पटक १५ शैया अस्पतालका लागि ५ रोपनी जग्गा पास गरी भवनको सिलान्यास गरेको हो ।
पलाँता गाँउपालिका वडा नं. ९ थिर्पुमा बुधबार एक कार्यक्रमका बीच १५ शैया अस्पतालको सिलान्यास गरिएको हो । पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले गाँउमा सिंहदरबार आएको महसुस गराउन गाँउपालिकामा १५ शैया अस्पताल निर्माणको सुरुवात गएिको बताए । उनले आफुहरुले स्थानिय निर्बाचन सम्पन्न भएलगत्तै प्रक्रिया सुरु गरेको उक्त अस्पताल जग्गाको समेत व्यवस्था गरी निर्माणको थालनी गरेको बताए । उनदे भने, पलाँता गाँउपालिकाले जिल्लाका अन्य स्थानिय तह भन्दा अगाडी कामको गति बढाएको छ । जिल्लाका अन्य स्थानिय तहहरु १५ शैया अस्पतालको स्वीकृतिको प्रक्रियामा छन् । हामीले भवन निर्माणकोे काम सुरु गरिसकेका छौँ । अबको १५ दिनभित्र ट्ष्टवाला ८ कोठे भवन निर्माण गरिसक्ने लक्ष्य छ । भवनका लागि आवश्यक सामाग्रीहरु गाँउपालिकामा पु¥याईएको छ् । गाँउपालिकाले ८ कोठे भवनका लागि ८० लाख बजेट छुटाएको छ भने कर्णाली प्रदेश सरकारबाट ४० लाख बजेट प्राप्त भएको छ । त्यो बजेटबाट थप ४ कोठे भवन निर्माण गरिनेछ ।
गाँउपालिका अध्यक्ष बमले फागुन महिनाभित्रै अस्पतालको भवन निर्माण गरेर कर्मचारी छनोट गरी अन्य व्यवस्थापन गरी आगामी नयाँ बर्ष बैशाख १ गते सेवा सुरुवात गर्ने बताए । उनले भने, १५ शैया अस्पतालकै लागि गाँउपालिकाले एक जना एमबिबिएस डाक्टर सहित ३२ जना कर्मचारीको लागि बिज्ञापन समेत गरेको छ । १५ शैया अस्पतालमा ३ जना बिशषेज्ञ डाक्टरहरुको दरबन्दी हुन्छ । गाँउपालिकाले तीन जना डाक्टरहरु आर्थिक हिसावले व्यवस्थापन गर्न नसक्ने भएकाले एक जना कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट र एक जना जिल्लाबाट काजमा ल्याउने तयारी छ । पलाँता गाँउपालिका उपाध्यक्ष दाना न्यौपानेले आगामी बैशाख १ गतेबाट पलाँताका हरेक नागरिकहरुले सामान्य उपचारका लागि जिल्ला धाउनुपर्ने समस्याको अन्त्य हुने बताईन् । उनले भनिन्, अब गाँउपालिकामै बिशषेज्ञ स्वास्थ्य उपचार सेवाको थालनी हुनेछ । हरेक नागरिकले गाँउपालिकामै उपचार सेवा लिएर घल फर्किनेछन् । उपचारमा सहज र आर्थिक नोक्सानीमा पनि कमी हुनेछ ।
पलाँता गाँउपालिका वडा नं. ७ का ब्रजबहादुर बमले पलाँतामै १५ शैयाको अस्पताल निर्माण भएपछि आफुहरुलाई ठुलो राहत हुने बताए । उनले भने, गाँउमा पहिले सिटामोलको अभाव हुन्थ्यो । स्थानिय सरकार संचालन भएपछि सिटामोलको अभाव भएन । अब त १५ शैयाको अस्पताल निर्माण भएपछि थप सहज हुनेभयो । पलाँताका बिरामीहरुले पलाँतामै बिशषेज्ञ उपचार सेवा पाउने भए । पलाँता गाँउपालिका वडा नं. ९ का वडा अध्यक्ष टक्कबहादुर बमले पलाँता गाँउपालिकाले सहित सप्ताहाको सुरुवातीको दिन अस्पताल सिलान्यास गरेको बताए । उनले गाँउपालिकाले सहित सप्ताहाको सातै दिन नयाँ काम गर्ने लक्ष्य अनुसार पहिलो दिन १५ शैया अस्पतालको सिलान्यास गरिएको बताए । कार्यक्रममा पलाता गाँउपालिका निमित्त प्रमूख प्रशासकिय अधिकृत राजबहादुर बमले ६ करोड लगानीमा निर्माण हुने १५ शैयाको अस्पताल अहिले सेवा सुरुवात गर्नका लागि गाँउपालिकाको ८० लाख र प्रदेश सरकारको ४० लाख गरी एक करोड २० लाखमा १२ कोठे भवन निर्माण गरी सेवा सुरुवात गर्न लागिएको बताए ।