त्याग

मिमसरा शाही बम ‘उषा’

मेरो वाल सखा
तिम्रो जस्तै मैले पनि बिताएको बिगत
झल्झली अझै मानसपटलमा आइरहन्छ
आज तिमि कहाँ
अनि म पनि कहाँ
चाहानाको रित्तो थैली लिएर
म भौतारी रहेछु
मेरो रित्तो थैली केवल मेरा लागि हुँदै होइन
तिमि र म जस्ता
हजारौं मनहरुका रित्ता थैली भर्ने
अभियानमा छु म यता
तिमि कहाँ के गर्दैछौ थाहा पाउन कठिन भएको छ मलाई ।

मेरो वाल सखा
मलाई पनि
तिमिले जस्तै बर्षौं बिताएका
दिनहरु जस्तै गरी बिताउने मन अधुरै छ
तिमिले कल्पना गरेर सजाएका
करोडौं चाहनाहरु
यात्रामा सँधै हौषाई रहने रहरहरु
पुरा गर्न तिमिले पायौ या पाएनौ
फेरी फर्किएर आउँदै आएनौ
क्रमिक रुपमा ति ति सबै
पुरा गर्ने महाअभियानमा लामबद्ध हुन आग्रह हो मेरो

मेरो वाल सखा
तिमिले र मैले बिताएका पट्यार लाग्दा
लामा अनि काला रातहरुको
झल्को मेटिएको छैन
र सुन्दर बिहानी भेटीएको छैन
यि र यस्तै तमाम् सुन्दर सपनाहरु
यदि मान्छौ भने
तिमि र म
अरु तिमि र म जस्ताहरुको एकतामा सम्भव छ ।

साँच्चै हो सखा
तिम्रा र मेरा
दुई जोर आँखाबाट झरेका
अनमोल आँसुका थोपाहरुको
मुल्य खोज्न जरुरी है न र ?
यदि मिल्छ भने
तिमिले मेरा लागि
र मैले तिम्रा लागि साँचेका
रहर, जवानी, बैंश अनि उमेरहरु
कहिल्यै फर्किदैनन्
त्यसैले त यही बेला नै
फेरी सहयात्रा गरौं
त्याग गरौं
सबैको समृद्धिको लागि ।

           उपप्रमूख
रास्कोट नगरपालिका, कालीकोट